पेशागत सुरक्षाकाे माग गर्दै  शिक्षा समन्वय एकाईमा शिक्षककाे धर्ना

बिनाेद भट्टराई
बाँके,  नेपाल शिक्षक महासंघले पूर्व घोषित आन्दोलनका कार्यक्रम अन्तर्गत आज मंगलवार  शिक्षा विकास तथा समन्वय एकाई बाँकेमा धर्ना दिएका छन।  शिक्षक महासंघको निर्देशनमा देशैभरका शिक्षा विकास तथा समन्वय एकाईमा ज्ञापनपत्र बुझाउनुका साथै धर्ना दिने कार्यक्रम अन्तर्गत बाँकेका शिक्षक,कर्मचारी तथा बालबिकास शिक्षकहरुले शिक्षा विकास तथा समन्वय एकाईकाे मुल ढाेकामा  बिहान ११ बजेदेखि दिउसाे २ बजेसम्म धर्ना दिएका हुन।
धर्ना कार्यक्रम समापन कार्यक्रमका वक्ताहरुले आउदै प्रस्तावित  शिक्षा ऐनमा सबैखाले शिक्षकका माग मुद्दा सम्बाेधन हुनुपर्नेमा जाेड दिए।

धर्ना कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय  उप महासचिव एकदेव पन्थी ,एकीकृत नेपाल शिक्षक संगठनका  केन्द्रीय सचिव  तगा नेपाल राहत शिक्षक केन्द्रीय सह अध्यक्ष बिरेन्द्र मल्ल,शिक्षक महासंघका केन्द्रीय सदस्य द्राेण बहादुर वली,  एकीकृत शिक्षक संगठनका प्रदेश उपाध्यक्ष टिकाराम रेग्मी, नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेका अध्यक्ष रेखा धिताल,शिक्षक संघ प्बाँरदेश उपाध्यक्ष बिरेन्द्र यादव, अध्यक्ष ऋषि शर्मा, एकीकृत शिक्षक संगठनका बाँके सचिव दिलिप वली लगाएतले आ आफ्नाे धारणा राखेका थिए।
शिक्षक महासंघ बाँकेका अध्यक्ष पवन कुमार यादवकाे अध्यक्षतामा भएकाे धर्ना कार्यक्रममा
जिल्लाभरका करिव ४ सय शिक्षककाे सहभागीता रहेकाे महासंघ बाँकेका सचिव महेश शर्माले जानकारी दिए।


अहिलेकाे प्रस्तावित  विद्यालय शिक्षा  ऐन २०८० को मस्यौदामा रहेका केही दफाहरु संविधान प्रदत्त ट्रेड युनियन अधिकार, शिक्षक कर्मचारीको पेसागत सुरक्षा र स्वभिमानको खिलाफमा रहेकको भन्दै महासंघले आन्दोलन गरिरहेको छ ।
मस्यौदामा नेपाल शिक्षक महासङ्घ र नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय वीच भएका ३० बुँदे र ५१ बुँदे सहमतीका सबै बुँदाहरु उचित ढङ्गबाट नसमेटिएको र स्थायी अस्थायी करार, राहत, साविक उमावि, बालकक्षा, विशेष शिक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार, संस्थागत विद्यालयका शिक्षक लगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीका धेरै मागमुद्दाको सम्बोधन नगरेको शिक्षकहरुको ठहर छ ।


त्यसै गरी २०७५ साल र त्यसपछि स्थायी भएका शिक्षकलाई पुराने प्रणालीबाट पेन्सन दिनु पर्ने माग समेत माग गरेको छ । यसमा समेटिएको छैन । समग्रमा यसले शिक्षक कर्मचारीका मुख्य मागमुद्दा सम्बोधन नगरेको मात्र होइन, शिक्षण पेसाप्रतिको आकर्षण र सम्मानमाथि समेत गम्भीर प्रहार गरेको छ महासंघले भनेको छ ।


नेपाल शिक्षक महासङ्घले साउन २८ गतेबाट देशव्यापी आन्दोलन शुरु गरेको छ । आन्दोलनको कार्यक्रम अनुसार आज नेपाल शिक्षक महासङ्घ बाँकेको नेतृत्वमा महासङ्घ र सरकार बीच भएका ३० बुँदे र ५१ बुंदे सहमती पत्र बाँकेका एकाई प्रमुख उद्दव श्रेष्ठलाई बुझाएका छन् ।

सम्बन्धित समाचार