घिमिरेकाे अध्यक्षतामा नेपाल स्वास्थ्य शिक्षा संघकाे लुम्बिनी प्रदेश समिति गठन

बिनाेद भट्टराई
काेहलपुर,नेपाल स्वास्थ्य शिक्षा संघकाे लुम्बिनी प्रदेशकाे अध्यक्षमा दामाेदर घिमिरे चयन हुनु भएकाे छ।

सचिव ज्ञान
शनिवार बाँकेकाे काेहलपुरमा संघकाे १६ ओै बार्षिक साधारण सभा तथा राष्ट्रिय सेमिनार र प्रथम लुम्बिनी प्रदेश अधिवेशनले दामाेदर घिमिरेकाे अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरेकाे हाे। अधिवेशनले संघकाे लुम्बिनी प्रदेश सचिवमा ज्ञानेन्द्र शाही ,काेषाध्यक्षमा रचना अधिकारी र सदस्य हरुमा शाेभाकान्त अधिकारी ,राजकुमार अर्याल,शिवलाल खनाल र कृष्ण बहादुर जि सीलाई सर्वसम्मत चयन गरेकाे संघका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज ताेयानाथ पहाडीले जानकारी दिनुभयाे।


भेलाले  कर्णाली र सुदुरपश्चिम प्रदेश ततर्थ समिति समेत गठन गरेकाे छ।
यसअघि संघकाे १६ ओै वार्षिक केन्द्रीय साधारण सभामा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्राविधिक विश्व विद्यालयका उप कुलपति प्राध्यापक डा.बिनाेद प्रसाद ढकालले स्वास्थ्य शिक्षालाई अनिवार्य विषय बनाउनु पर्नेमा जाेड दिनुभयो ।अधिवेशनमा त्रिभुवन विश्वविद्यालय ,शिक्षा शास्त्र संकायका डिन प्राध्यापक डा.चित्र बहादुर बुढाथोकी ,केन्द्रीय सचिव डा.भगवान अर्याल लगाएतले मन्तब्य राख्नुभएको थियाे।

संघका केन्द्रीय अध्यक्ष केन्द्रीय अध्यक्ष डा.भेमसेन देवकाेटा
परिषदमा प्राेफेसर डा सुरेन्द्र गिरी,डा देवराज आचार्य,अनिल मण्डल र शान्ति प्रसाद खनालले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियाे।
परिषदमा संघका केन्द्रीय अध्यक्ष प्रध्यापक डा.भेमसेन देवकाेटाले अध्यक्षकाे वार्षिक प्रतिवेदन र केन्द्रीय काेषाध्यक्ष सुभाष प्रसादले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियाे।


कार्यक्रमकाे सहजिकरण संघका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज ताेयानाथ पहाडीले गर्नुभएको थियाे।

सम्बन्धित समाचार