नेपाल राष्ट्रिय शिक्षक संगठन काेहलपुरकको पाँचाै नगर परिषद सम्पन्न

काेहलपुर
नेपाल राष्ट्रिय शिक्षक संगठन काेहलपुर नगर समितिको ५ ओै नगर परिषद सम्पन्न गरेको छ ।

शनिबार कोहलपुरमा नेपाल राष्ट्रिय शिक्षक संगठनको गौरवशाली विगत चुनौती वर्तमान, गुणस्तरीय शिक्षाका लागि शैक्षिक सुरुवात भन्ने नाराका साथ पाँचाै नगर परिषद सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल शिक्षक संगठनका राष्ट्रिय उप महासचिव एकदेव पन्थीले स्थानीय निकाय शिक्षाका पेशागत घटकहरुसंग सहकार्य गर्न कन्जुस्याई गर्न नहुने बताए । उप महासचिव पन्थीले बाँकेमा शिक्षक महासंघ गठनलाई छिटै पुर्णता दिनुपर्नेमा जाेड दिनुभयो । संगठनका केन्द्रीय सदस्य बामदेव सुवेदीले आफ्ना जायज हक र अधिकारका लागि कसैसित नडराउन आग्रह गर्नुभयाे। उहाँले भन्नुभयो,”स्थानीय तहले सबै शिक्षकलाई समान रुपले हेराेस”।


त्यस्तै नेकपा एमाले बाँकेका उपाध्यक्ष डिल्ली बि.सी.ले सङ्गठनरु विधि केन्द्रीत हुनुपर्नेमा जाेड दिनुभयाे। उपाध्यक्ष वि सी ले सङ्गठनहरु ब्यक्ति केन्द्रीत हुन खाेज्याे भने धेरै समस्याहरु आउने हुदा विधिमा जाेड लिन आग्रह गर्नुभयाे। उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि शिक्षकहरु ठुलो योगदान रहेको बताउदै सामुदायिक विद्यालयहरुमा विद्यार्थीको आकर्षक बढाउन शिक्षकको महत्वूर्ण भूमिका रहेको उहाँको भनाई छ।


संगठनका बाँके अध्यक्ष रेखा धितालले कुनै िनि स्थानीय तहले शिक्षकलाई भेदभाव र अन्याय गरेमा संगठन चुप लागेर नबस्ने चेतावनी दिनुभयो ।
कार्यक्रममा भखरै सेवा निवृत शिक्षक सहजात अलि गुजरलाई शिक्षामा महत्वपुर्ण योगदान गरेको भन्दै सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेश उपाध्यक्ष शिवशंकर राेकाय,शिक्षक महासंघ बाँकेका सचिव महेश शर्मा कोहलपुर नगरका इन्चार्ज विनोद भट्टराई लगायतले शुभकामना मन्तब्य दिनुभएकाे थियाे

कार्यक्रममा भर्खरै स्थायी सेवामा प्रवेश गरेका बाँकेका शिक्षकहरुलाई सम्मान गरिएकाे थियाे। संगठनका नगर अध्यक्ष निम प्रकाश थापाकाे अध्यक्षतामा भएकाे परिषदकाे सञ्चालन सचिव गणेश खड्काले गर्नुभएकाे थियाे।

सम्बन्धित समाचार