कोहलपुर खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा भुषाल विजयी

काेहलपुर
कोहलपुर बृहत खानेपानी उपभोक्ता संस्थाको निर्वाचनमा लोकतान्त्रिक प्यानलको तर्फबाट अध्यक्ष टेक नारायण भुषाल विजयी भएका हुन ।

अध्यक्षमा विजयी भुषालले १ हजार २ सय १४ मत प्राप्त गरेका छन भने रुद्र खनालले १ हजार १७ मत र स्वतन्त्र प्यानलको तर्फबाट अध्यक्ष पदका उम्मेदवार विष्णु तिवारीले ३ सय ८२ मत प्राप्त गरेका छन।
यस्तै लोकतान्त्रिक प्यानलको तर्फबाट उपाध्यक्षमा विर बहादुर विष्टले १ हजार १ सय ४१ मत प्राप्त गरि विजयी भएका छन् । साझा प्यानलको तर्फबाट उपाध्यक्षमा यम बहादुर रावत क्षेत्रीले ८ सय ९४ मत प्राप्त गरेका छन् भने स्वतन्त्र प्यानलको तर्फबाट उपाध्यक्षमा मोहन प्रसाद चापागाईंले ४ सय ९८ मत प्राप्त गरेका छन् ।
यस्तै लोकतान्त्रिक प्यानलको तर्फबाट सचिवमा गोविन्द वाग्लेले १ हजार ५६ मत, सचिवमा गाेविन्द वाग्लेले १ हजार ५६ मत, सह–सचिवमा बाल कुमारी सापकोटाले सय १ हजार १ सय ३४ मत, कोषध्यक्षमा ध्रुव आचार्यले सय १ हजार १ सय ४३ मत र सह– कोषाध्यक्षमा ईश्वर प्रसाद शर्माले १ हजार १ सय ६५ मत प्राप्त गरी विजयी भएका छन् ।
यस्तै साझा प्यानल तर्फबाट सचिवमा राम कृष्ण पाण्डेले ८ सय ९८ मत, कोषाध्यक्षमा नारायणी वलीले ९ सय ८० मत, सह–सचिवमा यशोदा थापाले १ हजार ८० सय र सह–कोषध्यक्षमा रेशमलाल सापकोटाले ९ सय ९२ मत प्राप्त गरेका छन् ।
यस्तै स्वतन्त्र प्यानलको तर्फबाट सचिवमा संजय मण्डलले ६ सय ४ मत, कोषाध्यक्षमा शिवराज पोख्रेलले ४ सय १२ मत र सह–कोषाध्यक्षमा अमृत बहादुर श्रेष्ठले ३ सय ७० मत प्राप्त गरेका छन् ।
कुल ५ हजार २ सय ७७ मतदाता मध्ये २ हजार ८ सय ८७ जनाले मतदान गरेका थिए ।

सम्बन्धित समाचार