ज्ञान ज्याेति बगियाका छात्राहरुलाई मस्तिष्क ब्यवस्थापन सम्बन्धि प्रशिक्षण

काेहलपुर,
ज्ञान ज्याेति माध्यमिक विद्यालय बगिया,काेहलपुरमा अध्ययनरत छात्राहरुलाई मस्तिष्क ब्यवस्थापन सम्बन्धि प्रशिक्षण दिइएकाे छ।
साे विद्यालयमा ९ र १० अध्ययनरत छात्राहरुलाई मस्तिष्क व्यवस्थापन गरी तनावबाट बच्ने र सफलता प्राप्त गर्ने विषयमा निलसागर काेहलपुरका संयाेजक एंव साहित्यकार अन्जु न्याैपानेले प्रशिक्षण दिनुभएकाे हाे।


मस्तिष्क….चलाउन जाने चाहेअनुसार नै चल्छ नजाने जति चाहे पनि चल्दैन ।मर्मत–सम्भार गरेर राम्रोसँग चलाउने कि,बिगारेर काम नलाग्ने बनाउने आफ्नै हातमा हुन्छ । मस्तिष्क राम्रोसँग चलाउन उत्प्रेरित गर्न याे प्रशिक्षणले मद्दत पुर्याउने प्रशिक्षक न्याैपानेकाे भनाई छ।
“खासगरी ९ र १० कक्षामा पढ्ने विद्यार्थी याैवन अवस्थामा प्रवेश गरेकाे हुन्छ,शारीरिक र मानसिक रुपमा परिवर्तनको उमेर हाे।याे अवस्थामा विभिन्न तनावहरु हुनसक्छन् ।” प्रशिक्षक न्याैपानेले भन्नुभयाे। यस्ताे अवस्थामा तनाव व्यवस्थापन नगर्ने हाे भने पढाइ लेखाईमा अवराेध हुने लगाएत विभिन्न समस्याहरु आउन सक्ने प्रशिक्षक न्याैपानेकाे भनाई छ।


प्रशिक्षण आफ्नालागी निकै उपयोगी भएकाे प्रशिक्षणमा सहभागी छात्राहरुकाे भनाई छ। कक्षा १० मा अध्ययनरत रमिता खत्रीले भनिन-” मेडमले हाम्रा मनका कुरा बुझेर आएजस्ताे लाग्याे।” उनले भनिन प्रशिक्षणले अन्य कुरा छाडेर कसरी पढाईमा ध्यान दिने भन्ने विषयबस्तु समेटेकाेले निकै राम्रो लाग्याे।


विद्यालयका प्रधानाध्यापक गाेबिन्द प्रसाद ढकालले विद्यार्थीलाई तनाव ब्यवस्थापन कसरी गर्ने र अध्ययनलाई राम्राेसंग अगाडि बढाउन प्रशिक्षणले मद्दत पुग्ने बताउनुभयो ।

 

सम्बन्धित समाचार