राप्तिसाेनारी ८ मा रहेकाे सरस्वती मा.वि.मा वृक्षरोपण

राप्तिसाेनारी,बाँके ।
बाँकेकाे राप्तिसाेनारी -८ मा रहेकाे सरस्वती माध्यमिक विद्यालयमा वृक्षरोपण गरिएको छ।


विधालय गर्ने नियमित अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यालय परिसरमा लिची, आँप ,अम्बा, गुलमोर( रातो पहेलो निलो ) निम बेल कागती, , पारिजात लगायत विभिन्न प्रजातिका फुल तथा विरुवाहरु लगाइएकाे विद्यालयका प्रधानाध्यापक महारुप जैशीले जानकारी दिनुभयाे।


श्री राप्ती सव डिभिजन वन कार्यालय मेहनमानपुर र राप्तिसोनारी गा पा ६ न वडा कार्यलय को विषेश सहयोगमा वुक्षाराेपण गरिएकाे थियाे । वृक्षारोपण कार्यक्रममा वि व्य स का प्रतिनिधि अभिभावक,शिक्षक तथा विधार्थीहरुकाे सहभागीता रहेकाे थियाे।
विद्यालयमा नियिमत पठनपाठनका साथसाथै अतिरिक्त क्रियाकलापहरुमा पनि विद्यालयले विशेष ध्यान पुर्याएकाे प्रधानाध्यापक जैशीले जानकारी दिनुभयाे। विद्यालयमा नयाँ प्रधानाध्यापकका रुपमा जैशी आएपछि विद्यालयमा निकै सकारात्मक परिवर्तन आएकाे राप्तिसाेनारी ८ गुलरिका राम गाेपाल थारुले बताउनु भयाे। अहिले उक्त विद्यालयमा विद्यार्थीकाे राेजाईमा रहेकाे छ।

सम्बन्धित समाचार