विदाकाे दिन सरकारी गाडी चलाएमा अनेरास्ववियू बाँकेले नियन्त्रणमा लिने

काेहलपुर,बाँके
सार्वजनिक बिदाका दिन सरकारी सवारी साधन चलाएमा अनेरास्ववियु बाँकेले नियन्त्रणमा लिने भएकाे छ।
सार्वजनिक विदाका दिन पनि दुरुपयोग गरी सरकारी सवारी साधन चलाएकाे पाइएमा नियन्त्रणमा लिइ प्रशासनमा बुझाउनेे अनेरास्ववियू बाँके इन्चार्ज सुमन घिमिरेले बताए।
इन्चार्ज घिमिरेले भने-” विदाकाे दिन पनि सरकारी गाडी पारिवारिक काममा प्रयाेग हुन थालेपछि हामीले नियन्त्रणमा लिइ प्रशासनलाई बुझाउछाै।”

आज पनि सार्वजनिक बिदा भएकाले अनुमति विना सरकारी सवारी साधन सञ्चालन गरेको पाइएमा नियन्त्रणमा लिइने उनले बताए । अनेरास्ववियुले सार्वजनिक विदाकाे दिन चलाएका सवारी साधन नियन्त्रणमा लिने भन्दै विहान ९ बजे नेपालगन्जकाे धम्वाेजि चाेकमा उपस्थितिका लागि आफ्ना सदस्यहरुलाई अनुराेध गरेकाे छ ।
सार्वजनिक बिदाका दिनमा प्रशासन कार्यालयबाट जारी भएका पासबाहेकका सरकारी सवारी साधन सञ्चाल गर्न पाइदैन।

सम्बन्धित समाचार