नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जनलाई थुनामा राख्न आदेश

नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जनलाई थुनामा राख्न आदेश
काठमाडौं, १ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मध्ये १६ जना जेल चलान हुने भएका छन।
शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित १६ जनालाई पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएकाे छ।

पक्राउ परेका पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाण, पुर्व गृह सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, शमशेर मियाँ, केशव दुलाल‚सानु भण्डारी, टेकनाथ रिजालसहित साे प्रकरणमा संग्लन्न १६ जनालाई पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो।
यस्तै, लक्ष्मी महर्जन र टंक गुरुङलाई धरौटीमा रिहा गर्ने आदेश दिइएको छ।
महर्जनलाई ५ लाख र गुरुङलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश दिइएको हाे।

 

सम्बन्धित समाचार