काेहलपुरमा जारी महाेत्सवमा भाेली पशुपति शर्मा र ज्याेति मगर आउने
काेहलपुर। बाँकेको काेहलपुरमा जारी महोत्सवमा भाेली फाल्गुन ८ गते चर्चित गायिक पशुपति शर्मा र ज्योती मगर आउने भएका छन ।
काेहलपुरकाे न्युराेड नजिककाे मैदानमा जारी महोत्सवमा आज चर्चित गाएक यश कुमार, प्रकाश दुतराज, गायिका राधिका हमाल लगाएतकाे प्रतुति रहेकाे थियाे। महाेत्सवमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने आयाेजकले जनाएकाे छ।
यसैगरी नृत्य प्रतियोगिता महोत्सवको अर्को आकर्षण रहने छ । यो महोत्सवमा विद्यालय स्तरिय सामुहिक नृत्य प्रतियोगिताको आयोजना गरिएको छ ।
यसअलावा महोत्सवमा बाल उद्द्यान, मौतका कुवा, पिङको मनोरञ्जन पनि लिन पाइने छ । काेहलपुर उधाेग व्यापार संघको आयोजनामा शुक्रबार देखि महोत्सव सुरु भएको हो ।
यही फाल्गुन १३ गते सम्म चल्ने महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री दुर्गा प्रसाद चाैधरीले गरेका हुन । महोत्सवमा प्रत्येक दिन ख्याती प्राप्त कलाकारहरु प्रस्तुतिका लागि आउने आयाेजकले जनाएकाे छ।