राज्यमा हुने चुहावटका प्वाल टाल्न लागिपरेका छाै – मन्त्री चाैधरी
काेहलपुर
लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री दुर्गा प्रसाद चाैधरीले राज्यमा हुने चुहावट राेक्न आफू लागि परेकाे बताउनु भएकाे छ।
काेहलपुरकाे प्रेमनगरमा रहेकाे याेग तथा प्राकृतिक स्वास्थ्य समाज नेपालले गरेकाे स्वागत तथा सम्मान कार्यक्रममा बाेल्दै मन्त्री चाैधरीले कसरी सुशासन गर्ने भन्ने विषयमा अध्ययन गरेर अगाडि बढ्ने तयारीमा रहेकाे बताउनुभयाे। प्रदेश सरकार आलाेचित भैरहेकाे सन्दर्भ मन्त्री चाैधरीले भन्नुभयाे,-“वर्तमान अवस्थामा प्रदेश सरकारलाई आलाेचित नहुनेगरी अगाडि बढाउने पक्षमा छाै ।” आफ्नाे मन्त्रालयमा भएका कर्मचारीलाई फेरवदल गर्नुभन्दा पनि कर्मचारीलाई रिजल्ट आउनेगरी काम गर्न निर्देशन दिएकाे उहाँको भनाई थियाे।
वन तथा वातावरण मन्त्री चाैधरीले आफू पैसाकाे अगाडि नलाेभिने बताउदै काेहलपुर क्षेत्रकाे सम्बृदि गर्न आफू लगातार लागिपर्ने बताउनुभयो । हतारमा विकास गर्नभन्दा राम्रोसँग अध्ययन गरेर दिगाे विकास गर्नुपर्ने मन्त्री चाैधरीकाे भनाई छ।”प्रदेश सरकारकाे बजेट तितरवितर छ, अघिल्लो सरकारकाे करिव ७ अर्व भुक्तानी तिर्नुपर्ने दायित्व वर्तमान लुम्बिनी प्रदेश सरकारलाई रहेकाेले पनि साेचेजस्ताे तरिकाले अगाडि बढ्न सकेका छैनाै” – मन्त्री चाैधरीले भन्नुभयाे। प्रदेशका अन्य जिल्लामा वन तथा वातावरण मन्त्रालयकाे मात्र जिम्मेवारी भए पनि आफ्नाे निर्वाचन क्षेत्रमा सबै मन्त्रालय समन्वय गरेर याे क्षेत्रकाे चाैतर्फी विकास गर्न आफू लागीपर्ने मन्त्री चाैधरीले प्रतिबद्धता जनाउनु भयाे। अहिले भयका विकास एक अर्कामा समन्वय नभयकाे तथा विकासमा दिगाेपन नभएकाे बताउदै सरकारी स्तरबाट हुने काममा पारदर्शी ,दिगाे हुनुपर्नेमा जाेड दिनुभयाे।
कार्यक्रममा प्राकृतिक याेग तथा चिकित्सा समाजका अध्यक्ष नम प्रसाद शर्मा प्राकृतिक याेग तथा चिकित्सा अस्पताल सचालन ल्याउन पहल गरिदिन मन्त्री चाैधरीलाई आग्रह गर्नुभयो ।
राेग लाग्न नदिने तथा लागेका राेगलाई पनि प्राकृतिक बिधिबाट निर्मुल पार्ने पद्धति भएकाले पश्चिम नेपालकै लागि प्राकृतिक चिकित्साकाे केन्द्र काेहलपुर हुने दावी गर्नुभयाे।
कार्यक्रममा समाजसेवी नरेन्द्र शर्मा,रेसम सापकाेटा ,दामोदर पाैडेल लगाएतकाे उपस्थिति रहेकाे थियाे।