उप प्रमुख कप छात्रा क्रिकेट प्रतियोगितामा त्रिभुवन र सगरमाथा फाइनलमा

 

काेहलपुरमा जारी उप मेयर कप महिला क्रिकेट प्रतियोगिताको फाइनल खेल भाेली साेमबार हुने भएकाे छ ।काेहलपुरमा रहेकाे अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनलमा त्रिभुवन माध्यमिक विद्यालय र सगरमाथा ज्ञानपुञ्ज माध्यमिक विद्यालयबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल विहान ९ बजे सुरु हुनेछ ।
त्रिभुवन मा वि र ज्ञान ज्याेति चप्परगाैडी विच भएकाे पहिलाे सेमिफाइनल खेलमा त्रिभुवन मा वि ले टस जितेर व्याटिङ्ग गरेकाे थियाे।त्रिभुवनले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन बनाएकाे थियाे । १ सय ५४ रनकाे तार्गेट लिएकाे ज्ञान ज्याेति चप्परगाैडीले १० विकेट गुमाएर ५० रन बनाएको थियाे।
यसैगरी सगरमाथा ज्ञानपुञ्ज माध्यमिक विद्यालय र बाल ज्याेति भरैयाबिच भएकाे दाेस्राे सेमिफाइनल खेलमा टस जितेर ब्याटिङ गरेकाे बाल ज्याेति भरैयाले १७.३ ओभरमा १० विकेट गुमाएर ८६ रन बनाएकाे थियाे भने ८७ रनकाे तार्गेट लिएकाे सगरमाथा ज्ञानपुञ्ज माध्यमिक विद्यालयले १५ ओभरमा ४ विकेट गुमाएर ८९ रन बनाएकाे थियाे।
फाइनल खेल भाेली विहान ९ बजे त्रिभुवन माध्यमिक विद्यालय र सगरमाथा ज्ञानपुञ्ज माध्यमिक विद्यालयबीच हुने काेशलपुर नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धि बहादुर थापाले जानकारी लिए।

सम्बन्धित समाचार