शनिवारदेखि बाँके र बर्दियाका मनि ट्रान्फर सेवा एक हप्ता बन्द रहने
काेहलपुर,
शनिवारदेखि बाँके/ बर्दियाका मनि ट्रान्फर सेवा एक हप्ता बन्द रहने भएका छन।
राज्यले लागू गरेको झन्झटिलाे नितिका कारण आफुहरु समस्यामा परेको भन्दै बाँके बर्दियाका मनि ट्रान्सफर एजेन्टहरुले एक हप्ताका लागि मनि ट्रान्सफर काउन्टर बन्द गर्ने जनाएका छन।
शुक्रबार कोहलपुरमा आयोजित पत्रकार सम्मेलन गर्दै मनि ट्रान्सफर संघर्ष समितिका संयोजक राजेन्द्र कुमार श्रेष्ठले नेपालभित्र एक ठाँउबाट अर्को ठाँउमा रकम पठाउने व्यवस्थामा सरकारले अंकुश लगाएकाे कारण आफुहरुले आन्दोलन गर्न बाध्य भएकाे जिकिर गरे । सुरुवाती वर्षमा प्रतिब्यक्ति दिनहुँ ३ लाखसम्म पैसा पठाउन सक्ने भएपछि अहिले साे घटाएर २५ हजारमा सिमित राखेकाे उनीहरुकाे गुनासाे छ ।
यहि फागुन ५ गतेदेखी राष्ट्र बैंकले नेपाल भित्र एक ठाँउदेखी अर्को ठाँउमा एक दिनमा २५ हजारसम्म मात्र पठाउन सकिने गरी डिजिटल प्रणाली लागु गरेको छ । डिजिटल प्राणालीका कारण सेवा प्रभाह झन्जटिलाे भएकाे संघर्ष समितिको बुझाई छ । बैधानीक रुपमा राज्यलाई कर तिरेर संचालन भएका मनि ट्रान्फरलाई राज्यले अंकुश लगाउनु दुखद भएको श्रेष्ठले बताए ।उनले सांकेतिक बिराेध स्वरुप एक हप्ताका लागि ट्रान्सफर काउन्टर बन्द गर्ने निर्णय गरेकाे श्रेष्ठको भनाई छ।
जिल्ला प्रशासन कार्यालय बाँके मार्फत बाँके र बर्दियाका मनि ट्रास्फर ब्यवशायीहरुले म यहि फागुन १६ गते प्रधानमन्त्री,अर्थमन्त्री तथा नेपाल राष्ट्र बैंकलाई ध्यानाकर्षण पत्र समेत बुझाई सकेका छन।