अवैध रुपमा भित्रिने तरकारी नियन्त्रण गर्न वडा अध्यक्ष अधिकारीकाे निरन्तर निगरानी

बाँकेको कोहलपुर नगरपालिका ११ का वडा अध्यक्ष कल्पना अधिकारीकाे पहलमा अवैधरुपमा भन्सार छलि गरि ल्याइएको अवैध तरकारी नियन्त्रणमा लिइएकाे छ ।


कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कल्पना अधिकारी,काेहलपुरमा रहेकाे कृषि बजार व्यवस्थापन समितिकाको संयुक्त पहलमा बिहिबार देखि अवैध तरकारी जफत गरी भन्सार कार्यालय नेपाालगञ्ज पठाइएको छ।
विहिबार बिहान करिब ४ बजेदेखि जमुनाह नाका हुँदै कोहलपुर, बैजनाथ र राप्तीसोनारीमा विक्रि वितरण गर्नका ल्यार्ईएको ठुलाे परिणाममा अवैध तरकारी तथा तरकारी बाेक्न प्रयाेग भएकाे साइकलहरु कोहलपुरको न्यूरोडबाट जफत गरी भन्सार कार्यालयुपठाईएको थियाे ।


कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कल्पना अधिकारीले भारतबाट ल्याइएको अवैध तरकारीहरुलाई रोक लगाउन खोजेकाे बताइन।वडा अध्यक्ष अधिकारीले भनिन,”‘अब यो अभियान निरन्तर चल्नेछ ।’ भन्सार नतिरी नेपाल भित्रीएका तथा विषादी परिक्षण नगरी काेहलपुरमा ल्याइएका तरकारी राेक्ने प्रयास गरिएकाे वडा अध्यक्ष अधिकारीकाे भनाई छ।

कोहलपुरको वडा न ११ मा भारतबाट ल्याइएका अवैध तरकारी तथा जफत गरी राजस्व अनुसन्धान कार्यालय कोहलपुर, नगर प्रहरी र इलाका प्रहरीको संयूक्त रुपमा भन्सार कार्यालय नेपालगञ्जमा बुझाइएको थियाे।
गत बिहिवारदेखि निरन्तर निगरानी गरिरहेकाे वडा अध्यक्ष अधिकारीकाे भनाइ छ।उनले भनिन-” आज शनिवार अवैधरुपमा भित्रीएका तरकारी देखेनाै।
भारतिय तरकारी अवैध रुपमा भित्रिदा कृषकहरु समस्यामा परेकाे साथै कतिपय कृषकहरु पेशाबाट समेत विस्तापित हुनुपरेकाे कृषकहरुकाे गुनासाे छ।


ताजा समाचार