बाल विकास शिक्षक काेहलपुर नगर समितिकाे अध्यक्षमा तारा चन्द

बाल विकास शिक्षक काेहलपुर नगर समितिकाे अध्यक्षमा तारा चन्द चयन भएकी छन।
बाल विकास शिक्षककाे चाैथाे काेहलपुर नगरस्तरिय भेलाले
अध्यक्ष तारा चन्दकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हाे ।
भेलाले उपाध्यक्ष भिमा शाही,सचिव अनु थापा ,सहसचिव विन्दु भट्टराई ,कोषाध्यक्ष राधिका मल्ल र सदस्यहरुमा भिमा के सी ,भुपेन्द्र गिरी,भसमीसरा ढकाल ,बिन्दा वली ,गाेमा वली ,मन्जु थारु र देविमाया शर्मालाई निर्विरोध चयन गरेकाे हाे।


उक्त भेलामा प्रमुख अतिथिकाे रुपमा मन्तब्य राख्दै कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदी शिक्षा क्षेत्रको विकास कोहलपुर नगरपालिकाको पहिलो प्राथमिकता रहेको बताइन् । उपप्रमुख सुवेदीले भनिन-“शिक्षाकाे सुधार गर्न बाल विकास केन्द्र र मन्टेश्वरी सुधार आवश्यक छ ,बाल विकास केन्द्रको सुधारमा हामी गम्भीर छौँ ।’ उनले बाल विकास केन्द्रलाई पूर्ण बालमैत्री बनाइने पनि प्रतिबद्धता जनाइन् । त्यसको लागि दक्ष जनशक्ति, शुद्ध खानेपानी र शौचालयको व्यवस्था गरिने बताइन् । बाल विकास केन्द्रका शिक्षकलाई हाल सरकारले मासिक १० हजार रुपैयाँ पारिश्रमिक उलब्ध गराउँदै आएको छ । कोहलपुर नगरपालिकामा बाल विकास केन्द्रका शिक्षकहरुले मासिक १७ हजार रुपैयाँ पारिश्रमिक पाउँदै आएका छन् । कोहलपुर नगरपालिका अन्तर्गत युवा,शिक्षा तथा खेलकुद शाखाका प्रमुख रामबहादुर हमालले नेपालका धेरै स्थानीय सरकारले नेपाल सरकारले तोकेको न्युनतम पारिश्रमिक उपलब्ध गराउन नसकेकाे अवस्थामा कोहलपुर नगरपालिका आफ्नै स्रोतबाट पारिश्रमिक उपलब्ध गराएकाे बताए ।

हाल कोहलपुर नगरपालिका कूल ८१ वटा बाल विकास केन्द्र रहेका छन् । बाल विकास केन्द्रको सुधारका लागि नगरपालिकाले कोहलपुर नगर शिक्षा रणनीतिक योजना तर्जुमा गर्न समिति निर्माण गरिएको उनको भनाइ थियो । नगर शिक्षा समितिको निर्णय अनुसार बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरुलाई सुनौलो कोशेलीको अवसर सिर्जना गरेको भन्दै त्यसको लागि दरखास्त आह्वान गरेको बताएका थिए । बाल विकास शिक्षक समितिका कृष्णा कुमारी थापाले बाल विका केन्द्रमा अध्ययपनरत शिक्षकहरुको क्षमता विकास आवश्यक रहेकोमा जोड दिइन् । उनका अनुसार बाल विकास केन्द्रमा धेरै समस्या तथा कमी कमजोरी रहेकोले स्थानीय सरकारहरुले त्यसमा ध्यान दिन जरुरी छ । बाँके जिल्लामा ५५८ बाल विकास केन्द्र रहेको आठ पालिका मध्ये कोहलपुर नगरपालिकाले केन्द्रमैत्री कार्य गरेको भन्दै प्रंशसा समेत गरिन् । नेपाल राष्ट्रिय शिक्षक संगठन काेहलपुरका इन्चार्ज विनमेद भट्टराईले स्थानिय सरकार र विधालयले बाल विकास केन्द्रलाई विशेष ध्यान दिनुपर्ने बताए।उक्त अवसरमा कोहलपुरस्थित शिक्षका पेशागत घटका प्रतिनिधिहरुले बाल विकास केन्द्रमा रहेका समस्या समाधानका लागि सम्पूर्ण एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

सम्बन्धित समाचार