ज्ञान ज्याेति मा.वि.बगियाकाे प्रधानाध्यापकमा ढकाल
काेहलपुर
काेहलपुरमा रहेकाे ज्ञान ज्याेति माध्यमिक विद्यालय बगियाकाे प्रधानाध्यापकमा गाेविन्द प्रसाद ढकाल नियुक्त हुनुभएको छ । विद्यालय व्यवस्थापन समितिले पुस २२ गते ढकाललाई प्रधानाध्यापकमा नियुक्त गरेको हो । प्रधानाध्यापक नियुक्त हुनुभएका ढकालले शुकबारनै पदभार ग्रहण गर्नुभएको छ ।
यसअघिका प्रधानाध्यापक गाेमा चालिसे र ढकाल पारस्परिक सरुवा हुनुभएकाे हाे।
शुक्रवार एक कार्यकमकाे आयाेजना गरि ढकाललाई पदभार गराइएकाे थियाे। पदभार ग्रहण कार्यक्रममा काेहलपुर वडा न ११ का वडा अध्यक्ष कल्पना शर्मा,विद्यालयका संस्थापक अध्यक्ष कर्ण बहादुर थापा,वि व्य स अध्यक्ष देवलाल बाेहरा ,अभिभावक ,शिक्षक,कर्मचारी लगाएतकाे उपस्थिति रहेकाे थियाे।
नव नियुक्त प्र अ ढकालले ज्ञान ज्याेति माविलाई सरोकारवाला सबैको साथ र सहयोगमा नमूना विद्यालयका रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।