माछागढमा पशु स्वास्थ्य शिविर ,१ सय ३ पशुकाे नि:शुल्क विमा

बाँसगढी,बर्दिया 

बाँसगढी नगरपालिका वडा न ९ माछागढमा १ दिने पशु स्वस्थ्य शिविर संचालन गरिएकाे छ।

ऐकिकृत कृषि तथा पशुपन्छी बिकास कार्यालय बर्दियाको आयोजनामा पशु स्वस्थ्य शिबिर सन्चालन गरिएकाे हाे।
झन्डै ४ सय ५० भन्दा वढी पशु लाई भ्याक्सिन लगाउनुका साथै रेबिज विरुद्धको खाेप लगाउनुका साथै जुका , माटे , खाना पचाउने पाचक तथा भिटामिनकाे ओषधी वितरण गरिएकाे थियाे।
शिविरमा पशुहरुलाई भिटामिन वितरण,खाेप लगाउने तथा बाह्य र आन्तरिक परजिविका कारण लाग्ने रोगविरुद्धका विषयमा परिक्षण गरिएकाे वडा न ९ का वडा अध्यक्ष चन्द्र शाहीले जानकारी दिए।साे अवसरमा१ सय ३ वटा पशुहरुकाे नि शुल्क बिमा समेत गरिएकाे वडा अध्यक्ष शाहीले जानकारी दिए।
शिविरबाट किसानहरुलाई पशुहरुमा लाग्ने रोगहरुको बारेमा जानकारी दिएको र पशुरोगबाट बच्ने उपायबारे परामर्श पनि प्रदान गरिएको कार्यालय प्रमुख सागर ढकालले बताए।

 

सम्बन्धित समाचार