काेहलपुरकामा लाइन्स क्लबहरुको संयुक्त रक्तदान कार्यक्रम

 

कोहलपुर, बाँकेको कोहलपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार कोहलपुरमा रहेका लाइन्स क्लबहरुकाे संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो ।


क्षेत्रमा क्रियासिल लाइन्स कलब अफ कोहलपुर, लायन्स कलब अफ काेहलपुर सयपत्री, लायन्स कलब अफ कस्तुरी र लायन्स कलब अफ काेहलपुर मानसरोवरको आयोजनामा गरिएको संयुक्त रक्तदान कार्यक्रममा लाइन्स क्लब अफ काेहलपुर कस्तुरीका प्रथम उपाध्यक्ष बिनाेद भट्टराई ,दिपा बस्नेत, लिला रेग्मी पार्बती परियार सुसिला शर्मा ,दिपक वली,कर्ण डाँगी ,किरण चाैधरी लगाएत ५७ जना रक्तदाताले रक्तदान गरेका छन् ।


लाइन्स कलब अफ कोहलपुर सयपत्रीका अध्यक्ष ला. शान्ति गैरेको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख अतिति ला मुकुट ढकालले रगतकाे अभाव हुन नदिन रक्तदान कार्यक्रमकाे आयाेजना गरेकाे बताउनु भयाे।उहाँले विभिन्न तरिकाले लाइन्स सधै समाजसेवामा लागिरहने बताउनु भयाे । कार्यक्रममा लाइन्स क्लब अफ काेहलपुर कस्तुरीका अध्यक्ष अन्जु न्याैपानेले स्वागत मन्तब्य राख्नुभएकाे थियाे।


रक्तदान कार्यक्रममा नेपाली काग्रेस बाँके सभापति नारायण गाैडेल,इलाका प्रहरी कार्यालय काेहलपुरका प्रमुख ऐन बहादुर मल्ल,उधाेग ब्यापार संघ काेहलपुरका अध्यक्ष लक्षमणराज पाैडेल,लायन्स लिडहरु ज्ञानेन्द्र कुमार श्रेष्ठ , चिन्तामणी धिताल, टिपि न्यौपाने, तेज प्रसाद अधिकारी , चण्डी गैरे,नवीन निष्चल आचार्य लगायतको समेत उपस्थिति रहेको थियो ।


ताजा समाचार