काेहलपुरमा पाैष ८ देखि ११ सम्म छैटाैं मेयरकप रनिङ्गशील्ड प्रतियोगिता हुने

काेहलपुर/   बाँकेको कोहलपुर नगरपालिकाले आगामी पाैष ८ गतेदेखि ११ गतेसम्म छैटाैं अन्तर मा वि मेयरकप रनिङ्गशील्ड प्रतियोगिता था काेहलपुर नगरपालिका स्तरिय १५ ओ राष्ट्रपति रनिङ्गशील्ड छनाैट खेलकुद प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेकाे छ।


कृष्ण माध्यमिक विद्यालयमा काेहलपुर नगरभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुका प्रधानाध्यापक तथा संचालकहरुकाे बैठकले आगामी पाैष ८ गतेदेखि ११ गतेसम्म छैटाैं अन्तर मा.वि मेयर कप रनिङ शिल्ड प्रतियोगिता संचालन गर्नका लागि विभिन्न उपसमिति गठन गरेकाे खेल संचालन तथा ब्यवस्थापन उप समितिका सदस्य तथा कृष्ण मा वि का प्रधानाध्यापक दिलिप वलीले जानकारी दिए । बैठकले काेहलपुर नगर खेलकुद विकास समितिका संयाेजक बुद्धि थापा मगरकाे संयाेजकत्वमा १७ सदस्यीय खेल संचालन तथा ब्यवस्थापन उप समिति गठन गरेकाे छ भने बुद्धि थापाकै संयाेजकत्वमा जुरी अफ अपिल,राेशन श्रेष्ठको संयाेजकत्वमा अभिलेख व्यवस्थापन उप समिति,अनिल सेन ठकुरीकाे संयोजकत्वमा प्राथमिक उपचार उप समिति, बिनाेद भट्टराईकाे संयोजकत्वमा प्रचार प्रसार तथा सुचना सम्प्रेषण उप समिति,ऋषिराम शर्माकाे संयोजकत्वमा उद्घाेषण उप समिति लगाएत विभिन्न ९ वटा उपसमिति गठन गरेकाे प्र अ वलीले जानकारी दिए।


खेल प्राविधिक उप समितिका सदस्य विरेन्द्र मल्लका अनुसार पुष ४ गते गते साँझ ४ बजेसम्म खेलाडीको विवरण सहित टिम दर्ता गरिसक्नुपर्ने छ। खेलकुद प्रतियोगितामा भाग लिने विद्यालयलाई प्रवेश शुल्क पाँच हजार ताेकिएकाे खेल प्राविधिक उप समितिका सदस्य मल्लले दैनिक उज्यालोलाई जानकारी दिए । बैठकले मार्च पासमा कम्तिमा २५ जना र बढिमा ३५ जना विद्यार्थी समावेश गर्ने निर्णय समेत गरेकाे छ।


खेल प्राविधिक उप समितिका सदस्य मल्लका अनुसार प्रतियोगितामा छात्र/छात्रा दुवैतर्फ फिल्ड र ट्रयाकका एक सय मिटर, पन्ध्र सय मिटर दौड, लङजम्प ,भलिबल र कवड्डी लगायतका विभिन्न १५ खेलहरु संचालन हुनेछन ।


ताजा समाचार