१६ दिने अभियान- काेहलपुरमा बालबालिकासित अन्तरक्रिया
काेहलपुर/ लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत शुक्रबार कोहलपुर नगरपालिका वार्ड नम्बर ११ र १२ का महिला तथा बालबालिकाहरुसंग अन्तरक्रिया गरिएकाे छ।काेहलपुर नगरपालिकाका उप प्रमुख उपमेयर संगीता सुबेदीकाे प्रमुख आतिथ्यतामा भएकाे अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले उप प्रमुख समक्ष आफ्ना समस्या तथा गुनासाहरु सुनाएका थिए।
सहभागीहरुले महिला सम्बन्धि हुने विभिन्न किसिमका समस्याहरु जस्तै: बालबिबाह, हिँसा भएकाहरुको लागि सेफ हाउसको अभाब ,स्वास्थ्य चौकीमा जनशक्ति, औसधि, सेवा सुबिधाको अभाब, नागरिकताको समस्या, छात्रवृतिको समस्या, विद्यालयमा सेनेटरी प्याडकाे समस्या ,अपाङ्गहरुको र जेस्ठ नागरिकहरुको सेवा सुबिधाबाट बन्चित भएका विषयमा ध्यानाकर्षण गराएका थिए।
साे कार्यक्रममा उप प्रमुख सुवेदीले सम्बन्धित सबै निकाय , शाखा बाट सेवा सुबिधाको लागि आवस्यक पहल गर्ने बताउनु भयाे।उहाँले आम नगरबासीका केही गुनासा भए तत्काल आफुलाई फाेन बाट वा भेटेर सुझाव दिन आग्रह गर्नुभयो । उप प्रमुख सुवेदीले आफू नगरवासीका समस्या समाधान गर्नको लागि अधिक्तम पहल गर्ने प्रतिबद्ता गर्नु भयाे । साे कार्यक्रममा उप प्रमुख सुवेदीले नगरपालिका हरेक शाखा तथा निकायले उपलब्ध गराउने सेवा सुबिधाहरुको बारेमा जानकारी पनि गराउनु भएको थियो ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय,खड्गवारमा भएकाे उक्त कार्यक्रममा रूम टू रीड, पढ्नको लागि कोठा, प्लान नेपाल, समाज सुधार कार्यक्रम नेपाल, साथि, बाँके युनेस्को क्लब, रेस्ट नेपाल, देक नेपाल, शान्ति पुनर्स्थापना गृह, माइती नेपाल, साना हातहरु लगायतका संस्थाहरुको सहकार्य गरेका थिए । कार्यक्रममा काेहलपुर नगरपालिका सामाजिक बिकास समितिका संयोजक इश्वरी बि क, प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, सामाजिक बिकास शाखा प्रमुख सुशिल थापा, महिला तथा बालबालिका शाखाका घटना शाह लगायतको उपस्थिति रहेकाे थियाे ।