बाँकेमा मतदान स्थल निर्माण कार्य पूरा

काेहलपुर


भाेली मंशिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बाँकेमा मतदान स्थल निर्माण कार्य पूरा भएकाे छ । निर्वाचन कार्यालय बाँकेका अनुसार बाँकेमा सम्पुर्ण मतदान केन्द्र निर्माणकाे कार्य पूरा भईकाे छ भने मतदान स्थलमा मतदान अधिकृत, सुरक्षाकर्मीलगायतका कर्मचारी खटिएका छन् । बाँके जिल्लामा रहेका कूल १३८ मतदानस्थल मध्ये निर्वाचन क्षेत्र नम्बर १ मा १ सय ३७, क्षेत्र नम्बर २ मा १ सय १३ र क्षेत्र नम्बर ३ मा १ सय ३० वटा मतदान केन्द्र राखिएको छ। तीन वटै क्षेत्रमा ३ हजार ४० जना कर्मचारी खटाइएकाे निर्वाचन कार्यालय बाँकेले जनाएकाे छ ।
बाँके जिल्लामा जम्मा ३ लाख ३२ हजार २ सय ३१ मतदाता रहेका छन। यसमध्ये १ लाख ६८ हजार ८ सय ५३ जना पुरुष र १ लाख ६३ हजार ३ सय ६९ जना महिला छन्। बाँकेको क्षेत्र नम्बर १ मा सबैभन्दा बढी १ लाख २१ हजार १ सय मतदाता रहेका छन्। त्यसपछि दोस्रोमा क्षेत्र नम्बर ३ मा १ लाख १३ हजार ३ सय २२ तथा क्षेत्र नम्बर २ मा ९७ हजार ८ सय ९ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएकाे छ।
निर्वाचन कार्यालयका अनुसार बाँके प्रदेश सभा १ (१) मा ५५ हजार ८ सय ४५ र प्रदेश सभा १ (२) मा ६५ हजार २ सय ५५ जना मतदाता छन्। यस्तै प्रदेश सभा २ (१) मा ५० हजार ३ सय १३, प्रदेश सभा २ (२) मा ४७ हजार ४ सय ९६ मतदाता रहेका छन्। यसैगरी प्रदेश सभा ३ (१) मा ६१ हजार ५ सय ९६ र प्रदेश सभा ३(२) मा ५१ हजार ७ सय २६ जना मतदाता छन्।
‘ त्रिभुवन माध्यमिक विद्यालय काेहलपुरका मतदान अधिकृत रविलाल मिजारका मतदान केन्दकाे सम्पुर्ण तयारी पूरा भएका बताए । अधिकृत मिजारले कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्र निर्माण कार्य पूरा गरिसकेकाे जानकारी दिए। मतदानको दिन भाेलि बिहान ७ बजेदेखि मतदान कार्य सुरु हुनेछ ।
भाेली मंशिर ४ गते मतदाताले आफूले तोकिएको मतदान केन्द्रमा गएर मतदान गर्नुपर्ने हुन्छ । आफूलाई तोकिएको मतदान केन्द्रमा जाँदा निर्वाचन आयोगले स्वीकृत गरेका विभिन्न छ प्रकारका प्रमाण कागज तोकेको छ । ती प्रमाण कागजमध्ये कुनै एउटा प्रमाण कागज लिएर मतदान केन्द्रमा जानुपर्ने हुन्छ ।
यस पटक चारवटा मतपत्रमा मतदान गर्नुपर्ने हुन्छ । पहिलो मतपत्र प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुनेतर्फको मतपत्र हुन्छ । दोस्रो मतपत्र प्रतिनिधि सभाको समानुपातिकतर्फको मतपत्र हुन्छ । तेस्रो मतपत्र प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मतपत्र हुन्छ ।


ताजा समाचार