प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन :-  बिहान ७ बजेदेखि मतदान

काेहलपुर- प्रतिनिधि सभा तथा प्रदेश सभा  निर्वाचनमा आज मतदान हुँदैछ । निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ । निर्वाचनमा    २०७९ मंसिर ३ गते सम्म १८ वर्ष उमेर पुरा भएका र मतदाता नामावलीमा नाम समावेश भएकाहरूले मतदान गर्न पाउनेछन् ।
काेहलपुरकाे त्रिभुवन माध्यमिक विद्यालयमा सम्पुर्ण तयारी पूरा भइसकेकाे मतदान केन्द्र ‘क’ का निर्वाचन अधिकृत टिकाराम ढकालले जानकारी दिए। “विहान ७ बजेदेखि मतदानकार्य शुरु हुन्छ” – ढकालले भने। निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्न सहयाेग गर्न सम्बन्धित सबैमा आग्रह गरेका छन।

बाँके जिल्लामा रहेका कूल १३८ मतदानस्थल मध्ये निर्वाचन  क्षेत्र नम्बर १ मा १ सय ३७, क्षेत्र नम्बर २ मा १ सय १३ र क्षेत्र नम्बर ३ मा १ सय ३० वटा मतदान केन्द्र राखिएको छ। तीन वटै क्षेत्रमा ३ हजार ४० जना कर्मचारी खटाइएकाे निर्वाचन कार्यालय बाँकेले जनाएकाे छ ।
यस पटक चारवटा मतपत्रमा मतदान गर्नुपर्ने हुन्छ । पहिलो मतपत्र प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुनेतर्फको मतपत्र हुन्छ । दोस्रो मतपत्र प्रतिनिधि सभाको समानुपातिकतर्फको मतपत्र हुन्छ । तेस्रो मतपत्र प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मतपत्र हुन्छ ।

मतदाता परिचयपत्र नहुनेले पनि भोट हाल्न पाउने :-
मतदानका लागि मतदाता नामावलीमा नाम भएको र मतदाता परिचय पत्र आवश्यक पर्छ । तर मतदाता परिचपत्र नभएकाहरूले पनि भोट हाल्न पाउनेछन् । आयोगले मतदाता नामावलीमा नाम रहेको तर परिचयपत्र नभएकाहरूको हकमा भने नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, लगाएत परिचय खुल्ने कागजातका  आधारमा मतदान गर्ने व्यवस्था गरेको छ ।


ताजा समाचार