जनताको घरदैलोमा उम्मेदवार :- बाँके -१ मा सूर्य र अथक मुख्य प्रतिस्पर्धी
अनिता अधिकारी
काेहलपुर, बाँके निर्वाचन क्षेत्र न १ मा सबै दलका तथा स्वतन्त्र उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तिव्रताका साथ अगाडि बढाएका छन् । जनताको घरदैलोमै पुगेर उनीहरुले आफ्नो पक्षमा भोट मागिरहेका छन् ।
बाँके १ मा प्रतिनिधि सभा सदस्यकाे लागि एमालेबाट सूर्य ढकाल,माओवादी केन्द्रबाट महेश्वर जंग गहतराज ‘अथक’ , राष्ट्रिय स्वतन्त्र पार्टीबाट आनन्दबाबु काफ्ले ,नेपाली काग्रेस विपि बाट कुन्ति शर्मा लगाएत चुनावी मैदानमा छन । सबै दलले आ आफ्नाे पक्षमा धेरै मतदाताहरु रहेकाे दावि गरिरहेका छन।
बाँके १ मा प्रतिनिधि सभा सदस्यमा मुख्य प्रतिस्पर्धा एमालेका ढकाल र माओवादीका अथक विच हुने पत्रकार विष्णु वेल्वासे बताउछन। निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्द बाबू काफ्लेलाई पनि ठुला दलसित असन्तुष्ट केही मत जानसक्ने अनुमान गरिएकाे छ। राष्ट्रिय स्वतन्त्र पार्टी बाँकेका नेता सि.एम. उपाध्यका आफ्नाे पार्टीमा मतदानको उत्साहजनक आकर्षण रहेकाे दावि गर्दछन।
बाँके १ मा नागरिक जनमुक्ति पार्टीले पनि खासगरी थारु समुदायका केही मतहरु प्रभावित पार्नसक्ने आकलन गरिएकाे छ। नेपाली काग्रेस विपिले खासगरी नेपाली काग्रेसका केही मतहरु काट्न सक्ने छ । नेपाली काग्रेसबाट काेही पनि उमेदवार नभएका कारण सच्चा काग्रेसले माओबादीलाई मत नदिने नेपाली काग्रेस विपिका केन्द्रीय सदस्य भाेलानाथ शर्माकाे तर्क छ।
लोकतन्त्र र विपिकाे आदर्श रक्षा गर्नका लागि करुवामा भोट दिन आग्रह गरिरहेका नेपाली काग्रेस विपिका उम्मेदवारहरुलाई मतदाताहरुबाट पनि निकै राम्रो प्रतिक्रिया पाइरहेकाे केन्द्रीय सदस्य शर्मा बताउछन ।
एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उमेदवार सूर्य ढकाल यसपटक आफू निर्वाचित हुनेमा ढुक्क छन । ‘हामी जब मतदाताहरुको घर घरमा पुग्यौँ, हामीलाई निकै राम्रो प्रतिक्रिया मिल्यो ।’ प्रतिनीधिसभातर्फ एमालेकाे तर्फबाट प्रत्यक्ष उम्मेदवारी दिएका ढकालले भने–‘जनताले यस क्षेत्रमा नयाँ अनुहार खोजेका छन् । जनता यस अगाडिका निर्वाचित प्रतिनीधिबाट सन्तुष्ट छैनन् ।’ एमालेबाट बाँके क्षेत्र नम्बर १ ख बाट उम्मेदवारी दिएका दुर्गा प्रसाद चाैधरी पनि घरदैलाे तथा भेटघाटमा व्यस्त छन ।
माओबादीका महेश्वर गहतराज ‘अथक’ पनि आफ्नो क्षेत्रमा विशेष हिसाबले प्रचारलाई तीव्रता दिईरहेको बताएका छन् । काग्रेसका क्षेत्र न १ ख बाट प्रदेससभा सदस्यका उमेदवार फुलाराम थारु पनि जनताको घर घरमा पुगेर आफ्नो पक्षमा भोट मागेका छन् ।