बाँके १ मा बाम-लाेकतान्त्रिक गठबन्धनकाे ७० बुदे प्रतिबद्धता पत्र सार्वजनिक

काेहलपुर, आगामी मंसिर ४ मा प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि बाँके क्षेत्र नम्बर १ मा पाँच दलिय बाम- लोकतान्त्रिक गठबन्धनले आफ्नो प्रतिवद्दता पत्र सार्वजनिक गरेकाे छ ।

 

 

 

 

 

शुक्रबार बाँकेकाे काेहलपुरमा पत्रकार सम्मेलन गर्दै बाम लाेकतान्त्रिक गठबन्धनले ७० बुदे प्रतिबद्दता पत्र घाेषणा गरेकाे हाे।
प्रतिबद्धता पत्रमा शिक्षा ,स्वास्थ्य ,पर्यटन तथा पर्यवरण लगाएत विभिन्न २० शिर्षकमा ७० बुदा समेटिएको छ। प्रतिबद्धता पत्रमा काेहलपुरलाई ट्रान्जिट शहरकाे रुपमा विकास गर्नेदेखि विद्यालयमा टिनकाे छाना विस्थापित गर्नेसम्मका रहेका छन।
कार्यक्रममा प्रतिवद्दता पत्रलाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकि, प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार महेश्वर जंग गहतराज (अथक) नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य अशोक कोइराला, नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, प्रदेश सभा-१(ख) का उम्मेदवार फुलाराम थारु र क्षेत्र नम्बर १ का निर्वाचन परिचालन समितिका संयोजक नरेन्द्र न्यौपानेले संयुक्त रूपमा सार्बजनिक गरेका हुन ।

 


ताजा समाचार