काेहलपुरमा नगर प्रहरीलाई साइकल

कोहलपुर नगरपालिकाले नगर प्रहरीलाई  साइकल वितरण गरेको छ ।

आज एक कार्यक्रमका बीच नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्यले नगर प्रहरीलाई पाँचवटा साइकल हस्तान्तरण गरेकाे नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टीकाराम ढकालले जानकारी दिए । साइकल हस्तान्तरण गर्दै नगर प्रमुख आचार्यले नगरपालिकाको बजार व्यवस्थापनमा नगर प्रहरीलाई गस्ती गर्न सहज हुने बताए । उनले बजार व्यस्थापनमा आफ्नो भूमिका थप प्रभावकारी गराउन नगर प्रहरीलाई निर्देशन पनि दिए । यस्तै नगर उपप्रमुख संगिता सुवेदीले साधन अभावमा नगर प्रहरीलाई गस्ती गर्न गाह्रो भैरहेको बेला अब सहज हुने बताइन । कोहलपुर नगरपालिकाले हेल्मेट सहितको साइकल नगर प्रहरीलाई दिएको हो । एउटा साइकलको मूल्य १२ हजार रहेको पनि प्रमुख प्रशासकिय अधिकृत ढकालले जानकारी दिए। नगर प्रहरीसंँग अहिले २ वटा मोटरसाइकल छ्न । एउटा चार पांग्रे गाडी खरिदको तयारीमा नगरपालिका रहेको पनि ढकालले बताए । नगर प्रहरीले नेपाल प्रहरी र ट्राफिक प्रहसँगको समन्वय र सहकार्यमा नगरको बजार व्यवस्थापन, ट्राफिक व्यवस्थापन र पेट्रोलिङ गर्दै आएको नगर प्रमुख वीरबहादुर थापाले जानकारी दिए। साइकल प्राप्त भएपछि गस्ती गर्न सहज हुने पनि उनकाे भनाइ छ । नगर प्रहरीले पाँचजनाको टीम बनाएर रातीको समयमा पनि गस्ती गर्ने गरेको नगरपालिकाले जनाएकाे छ।

सम्बन्धित समाचार