डेङ्गु नियन्त्रण गर्न काेहलपुरकाे सुन्दरकालिका टाेलमा जनचेतना अभियान

काेहलपुर ,

डेङ्गु सङ्क्रमणको जोखिम बढेपछि काेहलपुर नगरपालिका वडा न १० मा रहेकाे सुन्दर कालिका टाेलमा सरसफाई तथा जनचेतना अभियान सञ्चालन गरिएकाे छ । डेङ्गु नियन्त्रणका लागि काेहलपुर नगरपालिका नगर स्वास्थ्य शाखाकाे आयाेजना तथा सुन्दर कालिका टाेल विकास समितिकाे सहकार्यमा अभियान गरिएकाे टाेल विकास समितिका अध्यक्ष रतन बहादुर बुढाले जानकारी दिनुभयो ।
अभियानमा घर घरमा पुगेर डेङ्गु राेगबाट बच्ने उपायबारे जानकारी दिइएकाे थियाे।
नेपालका विभिन्न ठाउँमा डेङ्गुको सङ्क्रमण बढ्दै गएकाले सतर्कताका लागि नगरपालिकाले सम्पुर्ण वडामा यो अभियान सुरु गरेको स्वास्थ्य काेहलपुर नगर स्वास्थ्य शाखा प्रमुख अनिल सेनले जानकारी दिनुभयो ।
“डेङ्गु लाग्न नदिनु सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो, प्राय दिनको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट यो रोग लाग्छ”, शाखा प्रमुख सेनले भन्नुभयो, “यसबाट जोगिनका लागि पूरा बाहुला भएको पोशाक लगाउनु उपयुक्त हुन्छ ।”


सुन्दर कालिका टाेल विकास समितिका अध्यक्ष रतन बहादुर बुढाकाे अध्यक्षतामा भयकाे अभियान उद्घाटन कार्यक्रममा काेहलपुर नगर स्वास्थ्य शाखा प्रमुख अनिल सेन,प्रेस चाैतारी बाँकेका उपाध्यक्ष बिनाेद भट्टराई ,स्वास्थ्यकर्मी दिपक शर्मा ,नवीन भण्डारा, वडा सदस्य कमला सुनार लागाएतकाे सहभागीता रहेकाे थियाे।

 


ताजा समाचार