काेहलपुरमा मेलमिलाप सहजकर्ताकोकाे लागि पुनर्ताजगी तालिम
काेहलपुरमा मेलमिलाप सहजकर्ताकोकाे लागि पुनर्ताजगी तालिम
काेहलपुर,बाँके जिल्ला न्यायाधीश धनसिह महराले संवैधानिक व्यवस्था अनुसार स्थानीय तहमा गठन गरिएका मेलमिलाप केन्द्रले न्याय सम्पादनमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभएको छ ।

बाँकेकाे काेहलपुर नगरपालिका न्यायिक समितिद्वारा आज आयोजित मेलमिलाप सम्वन्धी एक दिने पुनर्ताजगी तालिममा उहाँले अदालतले फैसला गर्ला तर सबै ठाँउमा न्याय दिन नसक्ने भन्दै फैसला मुद्दा टुङ्गो लगाउने प्रक्रिया मात्र भएकाे बताउनु भयाे। न्यायाधीश महराले स्थानिय स्तरमा रहेका मेलमिलाप सहजकर्ता तथा न्यायिक समितिले मुद्दा टुङ्गो लगाउने र मन पनि मिलाउने काम गर्ने बताउनु भयाे ।संविधानले व्यवस्था गरे अनुसार उप प्रमुखकाे संयाेजकत्वमा रहने मेलमिलाप केन्द्रमार्फत समाजका अधिकांश न्यायिक सरोकारका बिषयहरु स्थानीय तहबाटै सम्पादन हुनु महत्वपूर्ण उपलव्धिकारुपमा देखिएको उहाँको भनाई थियाे ।
काेहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले सहजकर्ताले अधिकार क्षेत्र बाहिर गएर काम नगर्न सुझाव दिनुभयो ।उहाँले मेलमिलापले फाटेका मन जाेड्ने भन्दै यसमा मेलमिलाप गराउदा कतिपय ब्यवहरिक पाटाेमा पनि ध्यान दिनुपर्ने सुझाव दिनुभयाे।

काेहलपुर नगरपालिकाका उपप्रमुख तथा स्थानीय न्यायिक समितिका संयाेजक संगिता सुबेदीले वडास्तरका निर्भिक र निश्पक्ष न्याय सम्पादनमा प्रतिवद्ध भएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । उप प्रमुख सुबेदीले न्याय सम्पादन गर्नु आफैमा चुनौतिपूर्ण कार्य भएकाे बताउदै यस्ता तालिमले मेलमिलाप सहजकर्ताको क्षमता अभिवृद्धिका साथै पीडित र पीडक दुवै पक्षकाे जितकाे अनुभूति गर्ने खालको निर्णय गर्न थप सहयाेग पुग्ने बताउनुभयो । उप प्रमुख सुवेदीले वडास्तरका निर्भिक र निश्पक्ष न्याय सम्पादनमा प्रतिवद्ध भएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बाँके जिल्ला न्यायाधीश धनसिंह महरा,अधिवक्तारु सूर्य ज्ञवाली,कर्ण बहादुर क्षेत्री,पुनम श्रेष्ठ लगायतले प्रशिक्षण दिनुभएकाे थियाे।सो तालिममा काेहलपुर नगरलिकाका १५ वटा वडाका ६० जना मेलमिलाप सहजकर्ताको सहभागिता रहेको थियाे।





