प्रजातन्त्रवादी प्राध्यापक संघकाे सभापतिमा शर्मा
प्रजातन्त्रवादी प्राध्यापक संघ बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको एकाई सभापतिमा एकराज शर्मा चयन भएका छन।
बागेश्वरी बहुमुखी क्याम्पसमा अध्यापनरत शर्मा ज्ञानाेदय सामुदायिक पुस्तकालयका सचिव समेत रहेका छन।

भेलाले नेपाली काग्रेस निकट मानिने प्रजातन्त्रवादी प्राध्यापक संघ बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको सचिवमा गोपिलाल शर्मा, सदस्यमा मीन बहादुर के सि, गणेश पौडेल र बाल कुमार शर्मा लाई चयन गरेको सभापति शर्मा जानकारी दिए ।
प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको चौथो अधिवेशन केही दिन अघगाडी स्थगित भएको थियो । शुक्रवार बसेको प्रजातन्त्रवादी प्राध्यापक संघको भेलाले नयाँ कार्यसमिति लाई पुर्णता दिएको हो ।




