संविधान दिवसको अवसर पारेर काेहलपुरमा सरसफाई तथा जनचेतना कार्यक्रम


कोहलपुर / ८औं संविधान दिवसकाे अवसर पारेर बाँकेको कोहलपुर नगरपालिकाले नगर सरसफाई तथा जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । दिवसको अवसरमा कोहलपुर नगरपालीका कार्यालय देखि साझा चाेक सम्म सरसफाई तथा सचेतनामुलक कार्यकम गरिएकाे थियाे।


कार्यक्रममा कोहलपुर नगरपालीका नगरफ प्रमुख पुर्ण प्रसाद आचार्यले कोहलपुरलाई सुन्दर बनाउन काेहलपुर बासी सबैले सहयाेग गर्नुपर्ने बताउदै नरपालीकाका नियमहरु पालना गर्न पर्चा पम्प्लेट मार्फत आम जनसमुदायलाई अपिल गरीएको बताए ।
कार्यक्रममा नगरपालीकाका उप-प्रमुख संगिता सुवेदीले पछिल्लो समय डेङ्गु रोगको संक्रमण फैलिदै गएकोेले यसबाट सचेत रहदै सरसफाइमा ध्यान दिन आग्रह गरिन। उप प्रमुख सुवेदीले नगरपालिकाले वडा वडामा सचेतनामुलक तथा सरसफाइका कार्यक्रम निरन्तर संचालन गरिरहेको  बताउदै संविधान दिवसकाे अवसर पारेर सबैको चेतनाका लागी आज बृहत सरसफाई अभियान गरेको बताईन । उप प्रमुख सुवेदीले एकदिन सरसफाइ गरेर नहुने भन्दै स्थानियबासी सचेत भएर निरन्तर नगरकाे सरसफाइमा लाग्नुपर्नेमा जाेड दिइन।
कोहलपुर नगरपालीकाले आयोजना गरेको सरसफाई कार्यक्रममा नेपाल प्रहरी, जनप्रतिनिधि, नगर कर्मचारी, बिभिन्न बिद्यालयका शिक्षक, बिद्यार्थी लगायतको सहभागिता रहेको थियो ।


ताजा समाचार