ज्ञानाेदय सामुदायिक पुस्तकालयकाे अध्यक्षमा स्वतन्त्र उमेदवार भट्टराई विजयी

बाँकेको काेहलपुर नगरपालिका ११ मा रहेकाे ज्ञानाेदय सामुदायिक पुस्तकालय तथा स्राेत केन्द्रकाे निर्वाचनमा स्वतन्त्र उमेदवार चेतकान्त भट्टराई निर्वाचित भएका छन।
स्वतन्त्र उमेदवार भट्टराईले ३ सय २७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काग्रेसकाे तर्फबाट अध्यक्षका उमेदवार ठाकुर प्रसाद भुसालले २ सय ७६ मत प्राप्त गरे।यसैगरी अध्यक्षका अर्का उमेदवार डाेल प्रसाद अर्यालले ५५ मत प्राप्त गरेका छन । यसैगरी उपाध्यक्षमा काग्रेसका तर्फबाट उमेदवार मणि प्रसाद गैरे ४ सय २६ मत सहित विजयी भएका छन भने सचिवमा पनि काग्रेसका तर्फबाट उमेदवार बनेका एकराज शर्मा ३ सय ४१ मत सहित विजयी भएका छन।




