पेशागत महासंघ बाँकेकाे अध्यक्षमा सापकाेटा

पेशागत महासंघ बाँकेकाे अध्यक्षमा ऋषिराम सापकाेटा निर्वाचित भएका छन।

बाँकेकाे नेपालगन्जमा शुक्रवार भएकाे ५ अैा जिल्ला अधिवेशनले सापकाेटालाई निर्विराेध निर्वाचित गरेकाे हाे।
अधिवेशनले उपाध्यक्षमा खुमा थापा र अग्नि आचार्य,सचिवमा धन बहादुर के.सी. सह सचिवमा जनक प्रसाद धमला र काेषाध्यक्षमा अमृत बहादुर बुढाथाेकी लगाएत १५ सदस्यीय जिल्ला कार्यसमिति निर्बिराेध निर्वाचित गरेकाे हाे।
नेकपा एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिकाे प्रमुख आतिथ्यमा भएकाे अधिवेशनमाकाे उद्घाटन सत्रमा नेपाल राष्ट्रिय शिक्षक संगठनका उप महासचिव एकदेव पन्थि लगाएतले शुभकामना ब्यक्त गरेका थिए ।

 

सम्बन्धित समाचार