पोखरा महानगर स्तरिय बाल क्लव सञ्जाल र कोहलपुर नगर स्तरिय बाल क्लव सञ्जाबिच अन्तरक्रिया
पोखरा महानगर स्तरिय बाल क्लव सञ्जाल र कोहलपुर नगर स्तरिय बाल क्लव संजालबिच अन्तरक्रिया भएको छ ।
बाँकेको कोहलपुरमा भएको अन्तरक्रिया कार्यक्रममा पोखरा महानगर स्तरिय बाल क्लव संजाल र कोहलपुर नगर स्तरिय बाल क्लव संजालले आ आफ्ना अनुभवहरु आदान प्रदान गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा कोहलपुर नगरपालिकका उप प्रमुख संगिता सुवेदीले कोहलपुर नगरपालिका बालिकाको क्षेत्रमा विशेष ध्यान दिने बताइन । उनले यस प्रकारका अनुभव आदान प्रदानले नयाँ कुराको सिकाई हुने बताउदै एक अर्काका राम्रा अभ्यासलाई लागु गर्न अनुरोध गरिन । उप प्रमुख सुवेदीले खासगरी शहरी क्षेत्रका बालबालिका बिभिन्न कुलतमा फसेको भन्दै यसतर्फ पनि ध्यान दिन आग्रह परिन ।
कार्यक्रममा पोखरा महानगर स्तरिय वाल क्लव सञ्जालका अध्यक्ष निर्देश सुवेदी र कोहलपुर नगर स्तरिय बाल क्लव संजालका अध्यक्ष दिपक के.सी.ले बाल क्लवले गरेका राम्रा कामहरु र आफ्ना अनुभव आदान प्रदान गरेका थिए ।
कोहलपुर नगरपालिका महिला तथा बालबालिका शाखाले आयोजना गरेको कार्यक्रमको अध्यक्षता सामाजिक विकास समितिका स.योजक इश्वरी बि.क.ले गरेका थिए ।




