कर्मचारी संगठन सुदुरपश्चिमकाे महासचिवमा महादेव जाेशी

ृ्
नेकपा एमाले निकट नेपाल निजामति कर्मचारी संगठन सुदुरपश्चिम महासचिवमा महादेव जाेशी निर्वाचित भएका छन् । साेमबार सम्पन्न प्रथम सुदुरपश्चिम अधिवेशनले अध्यक्षमा कृष्ण बहादुर शाही र महेन्द्रनगरकाे बेदकाेट नगरपालिकामा कार्यरत जाेशीलाई महासचिवमा निर्वाचित गरेको हो ।

त्यस्तै उपाध्यक्षहरुमा झङ्कर बहादुर रावत र श्याम सिह धामी निर्वाचित भएका छन् । साे समितिकाे सचिवमा मदन खड्का,धन बहादुर थापा र लक्ष्मण दत्त भट्ट निर्वाचित भए भने काेषाध्यक्षमा कविराज कठायत निर्वाचित भएका छन।


ताजा समाचार