पत्रकार दुर्व्यवहारकाे घटनाप्रति प्रहरीकाे धारणा माग

रेडियो कोहलपुर एफ.एम.  र ईआवाजमा कार्यरत पत्रकार विजय परियारलाई कोहलपुर प्रहरीबाट भएको दुव्र्यवहारको घटनाप्रति कोहलपुर क्षेत्रका पत्रकारहरुले प्रहरीको धारणा माग गरेका छन् ।

कोहलपुरमा बुधवार साँझ भएको सडक दुर्घटनामा ज्यान गुमाएका मोटरसाइकल चालकका आफन्त तथा स्थानीयहरूले गरेको विरोध प्रदर्शनका क्रममा पत्रकार परियारले समाचार संकलन गर्दै गर्दा कोहलपुर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ऐन बहादुर मल्लले सञ्चार उपकरण मोवाइल सहित पत्रकार परियारलाई नियन्त्रणमा लिएका थिए।

विहिवार कोहलपुर क्षेत्रमा क्रियाशील पत्रकार/सञ्चारकर्मीहरुले संयुक्त बिज्ञप्ति जारी गर्दै पत्रकार परियारले आफू पत्रकार भएको भन्दै परिचयपत्र देखाउँदा समेत उक्त घटना हुनुले प्रमुख मल्लको आम संचारप्रतिको धारणा सकारामत्मक नदेखिएको भन्दै प्रमुख मल्ल र इलाका प्रहरी कार्यालय कोहलपुरको संचारप्रतिको धारणा सार्वजनिक गर्न माग गरेका छन् । साथै आगामी दिनमा पनि यस्ताखाले घटना दोहोरिन नदिन र संचार क्षेत्र र संचारकर्मीप्रति सम्वेदनशील हुन बिज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

 

सम्बन्धित समाचार