काेहलपुरमा स्थानीय पाठ्यक्रमकाे मस्याैदा माथि छलफल तथा सुझाव संकलन


काेहलपुर नगरपालीकाले स्थानीय पाठ्यक्रमकाे मस्याैदा माथि छलफल तथा सुझाव संकलन गरेको छ ।
काेहलपुर नगरपालिकाका जनप्रतिनिधि ,काेहलपुर नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयका शिक्षकका पेशागत घटक,निजी विद्यालयका प्रतिनिधिहरुकाे सहभागितामा स्थानीय पाठ्यक्रमकाे मस्याैदा माथि छलफल तथा सुझाव संकलन गरीएको हो ।
काेहलपुर नगरपालिका ,शिक्षा,युवा तथा खेलकुद शाखाकाे आयोजनामा भएको सुझाव संकलन कार्यक्रममा आधारभुत तहको स्थानिय पाठ्यक्रमका सन्दर्भमा छलफल भएको थियो । छलफलमा विद्यालयका शिक्षक प्रतिनिधिहरुले पाठ्यक्रमलाई समयानुकुल वनाउन सुझाव दिएका थिए । सो अवसरमा काेहलपुर नगरपालीकाका प्रमुख पूर्ण प्रसाद आचार्य,उप प्रमुख संगिता सुवेदी ,वडा अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।
नगरपालीकाले ७ विषय समावेश गर्दै प्रस्तुती गरेको थियो । सकेसम्म साउन महिनासम्म केही पाठ्यपुस्तक आउने बताइएकाे छ। पाठ्यक्रममा कोहलपुरको परिचय ,हाम्रा सम्पदा र संस्कृति,विकासका पूर्वाधार ,हाम्रा पेशा,व्यवसाय र प्रविधि ,खुसीका लागि शिक्षा ,हाम्रो वातावरण ,विपद् व्यवस्थापन लगाएतका विषय समेटिएको छ ।

यद्यपी सो पाठ्यक्रम अन्तिम रुप होइन । पाठ्यक्रमलाई परिमार्जन गरेर अन्तिम रुप दिने पाठ्यक्रम निर्माण समितीका संयाेजक जित बहादुर शाहले बताए। सुझाव संकलन कार्यक्रमको सहजिकरण काेहलपुर नगरपालीकाका शिक्षा शाखा प्रमुख रविलाल मिजारले गरेका थिए

 

सम्बन्धित समाचार