उप प्रमुख गुरुङलाई पाेखरा बाल मन्चकाे अनुराेधपत्र


पाेखरा महानगर बाल मञ्चले पाेखरा महानगरपालिकालाई बालमैत्री बनाउन माग गर्दै अनुराेध पत्र बुझाएकाे छ।
मन्चले साेमवार महानगरपालिकाका नगर उप-प्रमुख मञ्जुदेवी गुरुङ्गलाई उनकै कार्यकक्षमा पुगेर अनुराेध पत्र हस्तान्तरण गरेकाे महानगर बाल मन्च,पाेखराका अध्यक्ष निर्देश सुवेदीले बताए।
अनुराेध पत्रमा आर्थिक बर्ष २०७९/८० को बजेटमा बालबालिकाको विषयमा केहि महत्त्वपूर्ण नीति तथा कार्यक्रमहरु महानगरले समावेश गर्नुपर्ने साथै महानगरपालिकालाई बालमैत्री बनाउनका लागि बालबालिका सम्बन्धि रणनीति नै बनाएर अगाडी बढ्नु पर्ने लगाएतका विषयहरु समावेश गरिएकाे महानगर बाल मन्चका
अध्यक्ष सुवेदीले बताए। महानगरले बालबालिकाकाे विषयमा माैखिक आश्वासन दिएपछि कार्यान्वयन नगरेकाे बाल मन्च पाेखराका अध्यक्ष सुवेदीको गुनासाे छ।


ताजा समाचार

error: Content is protected !!