ढकेरीमा भएकाे दुर्घटनाको विषयलाई लिएर काेहलपुरमा सडक जाम
शनिबार ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्युकाे विषयलाई लिएर काेहलपुरमा सडक जाम भएकाे छ।
ती महिलाकाे घटनास्थलमै मृत्यु भएकाेमा प्रहरीले अस्पतालमा मृत्यु भएकाे रिपोर्ट लेखेकाे भन्दै मृतकका आफन्तले काेहलपुरमा सडक जाम गरेका छन।

काेहलपुरकाे इलाका प्रहरी कार्यालय अगाडि मृतकका आफन्त तथा छिमेकीहरुले यातायात आवतजावत ठप्प पारेका छन।
शनिवार पूर्वबाट पश्चिम आइरहेको ना ५ ख ४२०४ नम्बरको ट्रकले सोही दिशाबाट आइरहेको भे।११ प ७०५ नम्बरको मोटरसाइकललाई पछाडीबाट ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल पछाडी बसेकी बाँके बैजनाथ गाउँपालिका– २ की २८ वर्षीया दिपिका खत्रीको मृत्यु भएको थियाे।
मोटरसाइकल चालक ३५ वर्षीय दिलबहादुर कटुवालकाे उपचार भइरहेकाे छ।




