अत्यधिक गर्मी बढेपछि नेपालगन्जका विद्यालय पाँच दिन बन्द गर्ने निर्णय
- अत्याधिक गर्मि बढेपछि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रको सम्पूर्ण विद्यालयहरु बन्द हुने भएका छन ।
नेपालगन्ज उपमहानगरपालिकाले एक सूचना जारी गर्दै भोली जेष्ठ २७ गतेबाट जेष्ठ ३१ गतेसम्म गर्मी विदा दिने निर्णय गरेको हो ।

नेपालगज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गाेर्ख बहादुर थापाले सूचना जारी गर्दै अत्याधिक गर्मिको कारण पाँच दिन बिदा दिईएको उल्लेख छ ।




