सुरक्षा खोज्दै बाँकेका शिक्षकहरु पुगे जिल्ला प्रशासन कार्यालय
बाँके- बाँकेकाे डुडुवा गाँउपालिका शिक्षक भुपेन्द्र रेग्मीलाई साेही गाउँपालिका अध्यक्ष नरेन्द्र चाैधरीले ज्यान मार्ने धम्की दिएपछि सुरक्षाकाे माग गर्दै बाँकेका शिक्षकहरु जिल्ला प्रशासन कार्यालय बाँकेमा गएका छन।

नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उप महासचिव एकदेव पन्थीकाे नेतृत्वमा गएकाे टाेलिले पिडित शिक्षकलाई सुरक्षाकाे माग राख्दै सहायक प्रमुख जिल्ला अधिकारी हरी प्रसाद शर्मालाई ज्ञापनपत्र बुझाएकाे हाे। भेटघाटमा स्थानीय सरकार प्रमुखले शिक्षकलाई ज्यान मार्ने धम्की दिने गम्भीर विषय भएकाे बताए।उनले याे बिषयलाई आफुले गम्भीर रुपमा लिएकाे बताए। संगठनका केन्द्रीय उप महासचिव एकदेव पन्थीले गाउँपालिकाका अध्यक्षबाट शिक्षक असुरक्षित हुने गम्भीर विषय रहेकाे बताउदै पिडितलाई न्याय दिन आग्रह गरे। शिक्षक रेग्मीकाे सुरक्षाकाे माग गर्दै संगठनका केन्द्रीय सदस्य बामदेव सुवेदी , बाँके अध्यक्ष रेखा धिताल ,सचिव बाबुराम अधिकारी लगाएत शिक्षकहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए।
गत बुधवार विद्यालयबाट घर फर्कने क्रममा गाउँपालिका अध्यक्ष चाैधरीले स्थानिय चुनावमा आफुलाई सहयाेग नगरेकाे आराेपमा ध्यान मार्ने धम्की दिएकाे शिक्षक भुपेन्द्र रेग्मीले बताए।उनले भने-” म स्कुलबाट घर फर्किने क्रममा डुडुवा १ हाेलियामा बाटाे राेकी तलाई मारिदिन्छु,तलाई मेराे असली रुप देखाईदिन्छु,मान्छे लगाएर मारी लास गायव गरिदिन्छु भनी ज्यानमार्ने धम्की दिए।”




