काेहलपुरका नगरपालिकाका उप प्रमुख सुवेदीद्वारा पदभार ग्रहण

 

 

 

 

 

कोहलपुर नगरपालिकाका नव निर्वाचित उप प्रमुख संगिता सुवेदीले एक कार्यक्रमकाबिच बुधबार पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गदै सुवेदीले आफुहरुलाई नेताकाे रुपमा भन्दा पनि सेवककाे रुपमा बुझिदिन आग्रह गरिन । उप प्रमुख सुवेदीले आफुलाई काेहलपुरका जनताले बिश्वासलाई गरेर उप प्रमुखमा विर्वाचित गरेकाे वताउदै आफुले जनताकाे बिश्वासलाई शिराेधार्य गरेर काम गर्ने बताइन।उप प्रमुख सुवेदीले आफुले एकल महिला , बालबालिकाहरु ,युवा युवतीहरुको लागी विशेष ध्यान दिने वताईन् । कार्यक्रममा कोहलपुर नगरपालिकाका मेयर पुर्ण प्रसाद आचार्यले मेयर र उपमेयरका फरक फरक काम हुने भएकोले काम प्रति आफुहरु जुनसुकै बेला पनि तत्पर भएर जनताको काममा लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए । गर प्रमुख आचार्यले आफुहरु निर्वाचित भएर आएको केहि दिन भएकाले कामको चाप वढेको र केहि कामहरु थाति भएकाले काम सम्पन्न गर्नु पर्ने भएको वताए । आगामी वर्षको नीति तथा कार्यक्रम र यस आर्थिक वर्षको निर्माण भएका योजनाहरुको भुक्तानी दुवै विषय ले आफुहरुलाई च्यापेको आचार्यले वताए । यस कारण पनि आफुहरु केहि दिन धेरै नै ब्यस्त हुनु पर्ने अवस्था आएको जानकारी गराए । यस समयलाई सवै कोहलपुर बासीहरुले बुझदिन आग्रह गरे ।


ताजा समाचार