शिक्षालाई पहिलाे प्राथमिकता – नगर प्रमुख आचार्य

 

काेहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले शिक्षालाई पहिलाे प्राथमिकतामा राखेर काम गर्ने बताएका छन।
ज्ञान ज्याेति माध्यमिक विद्यालय बगियाले आयाेजना गरेकाे जनप्रतिनिधिलाई स्वागत तथा सम्मान कार्यक्रममा बाेल्दै नगर प्रमुख आचार्यले कुनै पनि समाजकाे विकास गर्ने माध्यम शिक्षा रहेकाेले यसलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने बताए।
प्रमुख आचार्यले सामुदायिक विद्यालयका शिक्षक क्षमतावान भएकाे बताउदै विधालयमा काम गर्ने शिक्षकलाई क्षमता प्रदर्शन गर्ने वातावरण बनाउनु पर्नेमा जाेड दिए। नगर प्रमुख आचार्यले काेहलपुरलाई उत्कृष्ट बनाउन आ आफ्नाे क्षेत्रबाट सहयाेग पुर्याउन आग्रह गरे।
कार्यक्रममा काेहलपुर नगर उप प्रमुख संगिता सुबेदीले सामुदायिक विद्यालयलाई उत्कृष्ट बनाउन याेजनाबद्द तरिकाले अघि बढ्नुपर्नेमा जाेड दिइन।उप प्रमुख सुबेदीले आफू सधै जनताकाे साथमा रहेकाे र आफुलाई नेताकाे रुपमा भन्दा जनताकाे सेवकका रुपमा हेर्न आग्रह गरिन।

काेहलपुर नगरपालिका वडा न ११ का वडा अध्यक्ष कल्पना अधिकारीले विद्यालय राम्राे बनाउन सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जाेड दिइन।कार्यक्रममा वडा न ११ का नि वर्तमान वडा अध्यक्ष तथा उक्त विद्यालयका संस्थापक अध्यक्ष कर्ण बहादुर थापालेे अबकाे समय समाज सेवामा लगाउने वताउदै वर्तमान जनप्रतिनिधिले पाका मानिसकाे सल्लाह लिन आग्रह गरे। कार्यक्रममा विद्यालयका प्रअ गाेमा चालिसे र विध्यालय व्यवस्थापन समितिका अध्यक्ष देवलाल बाेहाेराले विद्यालयमा विशेष ध्यान दिन जनप्रतिनिधिलाई आग्रह गरे।


ताजा समाचार