काेहलपुर १० मा वडा अध्यक्ष भट्टराईद्वारा पदभार ग्रहण

१० बाँके जेठ । काेहलपुर नगरपालिका वडा नम्वर १०का नवनिर्वाचित अध्यक्ष गाैरा अधिकारी भट्टराई लगाएत टिमले पदभार ग्रहण गरेका छन । वडा कार्यालयमा एक समारोहको आयोजना गरेर अध्यक्ष अधिकारी लगायत वडा सदस्यहरुले पदभार ग्रहण गरेका हुन् ।
नव निर्वाचित अध्यक्ष भट्टराईले वडा न १० लाई उत्कृष्ट वडा बनाउन आफू सधै लागिरहने बताइन । अध्यक्ष भट्टराईले राम्राे र सम्वृद वडा बनाउन सहयाेग गर्न वडावासीलाई आग्रह गरिन ।




