वडा अध्यक्ष अधिकारीद्वारा पदभार ग्रहण

१० बाँके जेठ । काेहलपुर नगरपालिका वडा नम्वर ११ का नवनिर्वाचित अध्यक्ष कल्पना अधिकारी लगाएत टिमले पदभार ग्रहण गरेका छन । वडा कार्यालयमा एक समारोहको आयोजना गरेर अध्यक्ष अधिकारी लगायत वडा सदस्यहरुले पदभार ग्रहण गरेका हुन् ।
नव निर्वाचित अध्यक्ष अधिकारीले पदभार ग्रहणसँगै वडाका हरेक जनताकाे चाहना अनुसार पारदर्शी भएर काम गर्ने बताइन । अध्यक्ष अधिकारीले वडामा सरल,सहज र अत्याधसनिक किसिमले सेवा दिने बताए । वडा नम्वर ११ मा अध्यक्ष अधिकारी , वडा सदस्यहरु सदस्य सारा परियार,गिता चलाउने ,सुधन ढकाल र बजु थारु विजयी भएका भएका हुन् ।




