म सधै जनताकाे सेवामा लागिरहने छु – भुसाल
नेकपा एमाले कोहलपुर नगर कमिटीका अध्यक्ष एबं मेयरका प्रत्यासी खिलप्रसाद भुसालले आफू सधै जनताकाे सेवामा लागिरहने बताएका छन। उनले आफू मेयर पदमा निर्वाचित हुन नसके पनि जनताकाे सुख दुखमा सगै रहने बताए ।भुसालले
निर्वाचनमा आफुलाई मत दिने मतदाता तथा शुभचिन्तक सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।
उनले आफु भुमाफियाको बिरुद्धमा लागेर सेन्टर प्लाजा नजिकको जमिन उनीहरुको चंगुलबाट फुत्काउन सफल भएपछि भुमाफियाले आफुलाई चुनाबी दौरानमा अतिरञ्जित गरी प्रचार प्रसार गरेको आरोप लगाए ।
कोहलपुरको सेन्टर प्लाजा नजिक रहेको करिब १ सय २० कठ्ठा जग्गा भुमाफियाको अतिक्रमणबाट जोगाउन गरिएको प्रयासलाई सुकुम्बासीसंग जोडेर निर्वाचन जितेमा सुकुम्बासीका घर टहरा भत्काउन डोजर पठाउछ भन्दै अति रञ्जित प्रचार गरेको भुसालले मंगलबार कोहलपुरमा पत्रकार सम्मेलनमा बताएका हुन ।
उनले भने–‘भुमी ब्यबस्थापन बैज्ञानिक रुपमा हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको छ । तर, सुकुम्बासीको नाममा भुमाफिया र हुकुमबासीको चलखेल भएकाले सबै सचेत रहनु पर्ने आवश्यकता छ ।’ उनले भुमी किनबेचमा कर छलीको समस्या रहेको जमिन खण्डिकरण रोक्न नसकिएको र नक्शा समेत बैज्ञानिकिकरण हुन नसकेको प्रति इंगित गर्दै कोहलपुर कुरुप शहरको रुपमा अगाडि बढ्न खोजेको तर्फ औंल्याए ।
‘सामाजिक मान्यताहरु खण्डित भएका छन, स्थानीय सरकार दिगो विकास र रोजगारी श्रृजनामा पछि परेको छ तसर्थ नगरपालिका भित्र गरिने गलत एजेण्डा र गलत निर्णयमा राजनीतिक रुपमा एमाललेले सर्मथन गर्न नसक्ने तर, जिम्मेवार प्रतिपक्षको भुमिकामा रचनात्मक सहयोग गर्ने भुमिका रहेन छ’–उनले भने ।
निर्वाचनको बेलामा भेगिय, जातिय हिसाबले राजनीति गरिनु र उत्पत्तिका हिसाबले निर्बाचित हुने परीपाटी मौलाउदै गए सामाजिक न्याय र मानबअधिकारको समेत हनन भइ स्थानीय जनताले अपेक्षाकृत विकासमा फडको मार्न नसक्ने बताउदै नगर अध्यक्ष भुसालले आफुलाइ अमुल्य मत दिने तमाम जनसमुदाय प्रति अफु सदैब कृतघ्न हुने बताए ।

निर्वाचनमा हारजित लोकतन्त्रको सुन्दर पक्ष रहेको चर्चा गरेका भुसालले कोहलपुर अथाहा संभाबना भएको शाहर भएको तर, यहा चुनौतीका पहाड समेत उत्तिकै रहेको बताए ।
कोहलपुरमा सुकुम्बासी समस्या निकै जटिल भएको अतिक्रमणले तिब्रता पाएकाले अब्यबस्थित बसोबासको ब्यबस्थापन गर्दै अतिक्रण भए हटाउने र बास्तबिक सुकुम्बासी भए पुर्नउत्थानको पहल गरिनुपर्ने आजको टडकारो भएको औंल्याए ।
कोहलपुर हरेक हिसाबले ट्रान्जिट प्वाइन्ट भएकाले औधोगिक क्षेत्र स्थापना, सिटिहल लगाएत अन्य आर्थिक गतिबिधिहरु हुने परीयोजना ल्याइ विकासमा भएको सुस्त गतिलाई द्रुत गराउनु पर्ने उनको कथन थियो ।




