काेहलपुरमा मेयरमा आचार्य र उप मेयरमा सुबेदी विजयी

बिनाेद भट्टराई

काेहलपुर   —बाँकेको काेहलपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन । काेहलपुरको मेयरमा कांग्रेसका उम्मेदवार पुर्ण प्रसाद आचार्य र उपमेयरमा संगिता सुबेदी विजयी भएका हुन् ।


मेयरमा निर्वाचित कांग्रेसका उम्मेदवार आचार्यले १४ हजार १ सय ३४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका खिल प्रसाद भुषालले १२ हजार २ सय ५ मत प्राप्त गरेका छन् । काेहलपुर नगरपालिकामा माओवादीका उम्मेदवार नरेन्द्र न्याैपानेले ९ हजार ७ सय २५ मत पाएका छन् ।
काेहलपुरको उपमेयरमा विजयी कांग्रेसकी संगिता सुबेदीले १४ हजार ७३ मत प्राप्त गरेकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार अस्मिता थारुले १३ हजार ५ सय १७ मत प्राप्त गरिन् । उपमेयरमा एकीकृत समाजवादी तेस्रो बनेको थियो । एकीकृत समाजवादीकी उपमेयर उम्मेदवार नारायणी वलीले ५ हजार ४२ मत प्राप्त गरेकी छन् ।

 

 


ताजा समाचार