खजुराकाे अध्यक्षमा “तुफान” निर्वाचित
खजुरा गाउँपालिकाको माओवादी केन्द्रका डम्बरबहादुर विक (तुफान) र उपाध्यक्षमा नेपाली कांग्रेसकी मञ्जु मल्ल विजयी भएकी छन् ।

तुफानले एमालेका सुमन मल्ललाई पराजित गरेका हुन् । तुफानले १० हजार सात सय ९० मत पाए । उनका निकतम प्रतिद्वन्द्वी एमालेका मल्लले ९ हजार एक सय ३७ मत पाएका छन् ।
त्यसैगरि, उपाध्यक्षमा मञ्जु मल्लले १० हजार ३४ मत पाएर विजयी भइन् । उनका निकतम प्रतिद्वन्द्वी एमालेकी ताजरुन निशाले आठ हजार ९१ मत पाएको निर्वाचन अधिकृत लोकबहादुर सुनारले जानकारी दिए ।




