बाँसगढी ९ काे वडाध्यक्षमा काग्रेसका शाही विजयी
काेहलपुर— बर्दियाकाे बाँसगढी नगरपालिका वडा नम्बर ९ को अध्यक्षमा नेपाली काग्रेसका चन्द्र बहादुर शाही विजयी भएका छन ।बुधबार बिहान सम्पन्न वडा नम्बर ९ काे मतपरिणाम अनुसार शाहीले १९ सय ८ मत ल्याएर विजयी बनेका हुन् । उक्त वडामा एमालेका केशर बहादुर बाँठाले १६ सय ७३ मत पाए।

उक्त वडामा नगर प्रमुखका लागि कांग्रेसले १४ सय ८४ मत ल्याउँदा एमाले १६ सय १८ मत पाएका छन् ।
उप प्रमुखमा काग्रेसले १८ सय ७ र, एमालेले १६ सय ३८ मत प्रप्त गरेका छन।




