काेहलपुर २ मा प्यानल सहित काग्रेस विजयी

काेहलपुर— बाँकेकाे काेहलपुर नगरपालिका वडा नम्बर २ को अध्यक्षमा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसबाट वडाअध्यक्षका उम्मेदवार हरी कठायतको प्यानल विजयी भएको हो ।शनिबार दिउँसो सम्पन्‍न वडा नम्बर मतपरिणाम अनुसार कठायतलले १५ सय २७ मत ल्याएर विजयी बनेका हुन् । कठायत संगै तारादेवि सिह,पुरन थारु,बासमति बि क, विरेन्द्र शाही सदस्यमा विजयी भएका छन। वडाअध्यक्ष मा नेकपा एमालेका कर्ण सिह वि सी १५ सय १३ ल्याए भने नेकपा माओवादीका अमर बहादुर वि क ले १५ सय ३७ मत पाएका छन् ।

१ हजार १ सय ५० मत गणना हुँदा कांग्रेसका पालिका उम्मेदवारको अग्रता छ । कांग्रेसका पुर्ण आचार्यले ३ हजार १ सय ९१ मत ल्याउँदा एमालेका खिल प्रसाद भुषालले २ हजार ७ सय १२ मत पाएका छन् । माओवादीका नरेन्द्र न्याैपानेले २ हजार ६ सय ६२ मत प्राप्त गरेका छन् ।
उप प्रमुखमा काग्रेसकी संगीता सुबेदीले ३ हजार ४ सय २३ , एमालेका अस्मिता थारुले २ हजार ८ सय २२ र एकीकृत समाजवादीकि नारायणी वलीले १ हजार १ सय ८६ मत प्रप्त गरेकी छन।

 

 


ताजा समाचार