काेहलपुर -१ मा प्यानल सहित माओवादीका उमेदवार विजयी
बाँकेकाे काेहलपुर नगरपालिकामा वडा न १ मा माओबादी केन्द्र प्यानल सहित बिजयी भएकाे छ।

भर्खरै प्राप्त मत परिणाम अनुसार वडा अध्यक्षमा बद्री प्रसाद न्याैपाने ( हेमन्त) ७ सय २४ मत सहित विजयी भएका हुन । वडा अध्यक्षमा एमालेले ६ सय ४८ र काग्रेसले ४सय ८५ मत प्राप्त गरेका छन।
यसैगरी मेयरमा माओवादी केन्द्रका नरेन्द्र न्याैपानेले ९ सय २५ मत , एमालेका खिल प्रसाद भुषालले ५ सय २० सय र काग्रेसका पुर्ण आचार्यले ४ सय १५ मत प्राप्त गरेका छन।

यसैगरी उप मेयरमा एमालेका अस्मिता थारुले ६ सय ८ काग्रेसका संगीता सुवेदीले ४ सय ६७ र एकीकृत समाजवादीका नारायणटवलीले ५ सय ३८ मत प्रप्त गरेकी छन ।
वडा न १ मा १९ सय ९० मत खसेका थिए।




