काेहलपुरमा केहीबेरमा मतगणना शुरु हुने

काेहलपुर । शुक्रबार मतदान सम्पन्न भएकाे स्थानीय निर्वाचनकाे मतगणना केही बेरपछि शुरु हुने भएको छ ।

काेहलपुरमा शुक्रबार रातिबाट मतगणना गर्ने भनिएपनि पिपरीमा भएकाे विवादकाे कारण गत राति सर्वदलीय बैठक बस्न सकेन। हिजाे रातिनै सम्पुर्ण मतपेटिका मतगणना स्थलमा पर्याइएकाे काेहलपुरका मतदान अधिकृत तिर्थराज भट्टले जानकारी लिए। अब केहीबेरमा सर्वदलीय छलफल लगत्तै मत गणनाकार्य शुरु हुने निर्वाचन अधिकृत भट्टले जानकारी दिए ।

अहिले ७ बजे सर्वदलीय बैठक शुरु भएकाे छ।

सम्बन्धित समाचार