काेहलपुरकाे मतगणना स्थल तयार
बिनाेद भट्टराई
काेहलपुर
बाँकेकाे काेहलपुरकाे मतगणना स्थल तयार भएको छ । यसपालि काेहलपुरका उम्मेद्वारको मतगणना ३ वा ४ ठाउँबाट गर्ने गरी निर्वाचन अधिकृतको कार्यालयले व्यवस्थापन मिलाएको छ ।

काेहलपुर नगरपालिकाकाे सभा हलबाट मतगणना गर्न लागिएको हो । यसअघिको चुनावमा कृषि बिकास बैंक,तालिम केन्द्र पिपरीकाे भवनमा मतगणना गरिएको थियो ।
गणनास्थलमा सिसिटिभी क्यामेरा जडान गरिएको छ भने फड्किन नमिल्ने गरी तारजाली लगाइएको काेहलपुरका निर्वाचन अधिकृत तिर्थराज भट्टले जानकारी दिए
‘गणनास्थलको सुरक्षा कडा छ । तारबार र क्यामेरा राखिएको छ,’ उनले भने, ‘कोही प्रतिनिधि फड्किएर मतपत्र भेट्न सक्दैनन् ।’
निर्वाचन अधिकृत भट्टका अनुसार सबै मतपेटिका संकलन भैसकेपछि सर्वदलीय बैठकबाट मतगणनाकाे समय ताेकिने छ। राति ११/१२ बजेवाट मतगणना हुनसक्ने बताइएकाे छ।




